बिजय गौचन थकाली ( माइकल ) को अन्त्यष्टी जापान मै गरिने -

Everest Fuji News २०७५ माघ २२ मा प्रकाशित       Published at 2019 Feb 05


प्रेमिला गौचन ,

टोकियो,जापान ।

५ फेव्रुअरी  २०१९

गत सोमबार बिहान साइकल चढि काममा जाने क्रममा जोयसा गाडीसँग ठोक्किदा मृत्‍यु भएका बिजय गौचनको अन्त्यष्टी जापानमै गरिने निर्णय थ से स जापानले गरेको छ । टोकियो स्थित थ से स (थकाली सेवा समिति) समाजका अग्रज , कार्यसमिती तथा मृतकका दाजु भाई ( कोछेतन क्ह्यु) को वृहत भेलाले सो निर्णय गरेको हो । यस शोक घडीको समयमा जमघट भएका रोहबरमा नेपालमा भएका भर्खरै विबाहित श्रीमती , बुवा आमा सँग पनि प्रत्यक्ष् कुराकानी भएको थियो ।

लामो समयसम्म थकाली महिला बिभागमा सकृय आमा प्रेम कुमारी र बुवा इच्छा गौचनका छोरा स्व.विजय ग्रिग इन्टरनेशनल भोकेशनल कलेज उत्तिर्ण भए लगत्तै साइतामा केनको एक रिसाइक्लिङ कम्पनीमा कार्यरत थिए ।  उनले श्रीमतीको पनि भिसा प्रोसेस गर्दै   थिए ।

साइतामा केन , फुकायाशी तोमोरी सि ८८-१ स्थित फुकाया केइसाचुस्यो ( प्रहरी कार्यालय ) को अनुसार स्व. गौचन गत सोमवार बिहान ७:३० बजे फुकाया ट्रेन स्टेशन नजिकै घटना भएको र प्रत्यक्षदर्शीले तुरुन्तै एम्बुलेन्स बोलाएर अस्पताल पुर्याए पछी उपचारको क्रममा १०:५९ मा मृत्‍यु भएको अस्पतालले जानकारी दिएको थकाली समाज जापानका अध्यक्ष बुद्दी गौचनले एभरेष्ट फुजिन्युज डट कमलाई जानकारी दिनु भयो ।

अध्यक्ष गौचनले प्रहरी प्रतिवेदन आउदो बिहिवार दिने जानकारी दिएको छ । यो रिपोर्ट आउने बितिक्कै अन्त्यष्टी गर्ने मिती पनि तय गरिने योजना रहेको बताउनु भयो । जापानको विविध अनलाइन मिडियाहरुले मृत्‍यु भएको समय , मिती र नाम समेत यथार्थ नबुझी जथाभावी नलेखी दिनको लागि पनि थ से स जापानले आग्रह गरेको छ ।

मृतकका आमा प्रेम कुमारी गौचन , थकाली समाजका अगुवा खगेन्द्र भट्टचनद्वारा समाजमा सकृय भय वापत प्रसंसा पत्र ग्रहण गर्दै ..

अन्त्यस्टीको लागि चाहिने खर्च समाज र कार्यसमितीले व्यहोर्ने तर अन्य व्यक्ती तथा समाजलाई नगुहार्ने निर्णय पनि समाजमा आज बसेको आकस्मिक बैठकले पारित गरेको छ । पुर्ख्यौली घर म्याग्दी, टिकाबांग तर काठमाण्डौमा लामो समयदेखि स- परिवार सँगै बस्दै आएका स्व.गौचन सुन्दर भविस्यको खोजिमा जापान आएका केही वर्षमै अकालमा मृत्‍यु हुनु पर्‍यो । उनका जिग्री साथीहरुले उनलाई समवेदनाका शब्दहरु स्व. गौचनको फेसबूकमा ट्याग गरेर पोस्ट गरेका छन ।

जस्ताको त्यस्तै.. स्व. गौचनको फेसबुकबाट साभार: १) Ghattekulo ( G - town ) as u named it will never be the same without you my dai mere , u are dearly missed by all of ur bhais , couldnt got a chance to cheers a last beer and talk about all the funs and struggle we did in life , the support system that u provided to us , the love and care , and the jolliness u brought in our life , i cant explain and its very hard to beleive me either that u’re gone my dai , wherever u are, u are in a better place , rest easy dai , i love u !!! २) Totally saddened to hear that you're no more with us dai, it's really hard for us all ,i am so regretting right now that i should've picked up your call last Saturday we could have talked about all those funny stuffs like we always did, all those tea talks in the morning & those memories from ghattekulo to japan everything will all be missed , i'm sorry dai may your soul rest peacefully ... miss you michel dai.. & this was our last goodbye


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.