
टोकियो – विश्वका सबैभन्दा बढि उमेरका नागरिकको ११३ वर्षको उमेरमा निधन भएको छ । ११३ वर्षीय जापानी नागरिक मासाजो नोनाकाको मृत्यु हिजो आइतबार ओशोरेस्थित उनकै घरमा भएको हो ।
सन् १९०५ मा उनको जन्म भएको थियो । गिनिज बुक अफ बर्ल्ड रेकर्डका अनुसार गत वर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि उनी संसारकै सबैभन्दा जेष्ठ नागरिक बनेका थिए ।
