विपन्न बालबालिकालाई लक्षित गरी मोना जापानले कार्यक्रम गर्ने

Everest Fuji News २०७५ माघ ७ मा प्रकाशित       Published at 2019 Jan 21


आर्थिक अवस्था कमजोर तथा जेहेन्दार बालबालिकालाई शिक्षाको पहुँच पु¥याउन म्याग्दी प्रवासी नेपाली संघ जापान (मोना) ले मोना साँझ गर्ने भएको छ । जापानमा रहेका म्याग्देलीको साझा संस्था मोना जापानले चरम गरिबीका कारण शिइाादिक्षाबाट बन्चित भएका बालबालिकाको आधारभुत आवश्यकता पुरा गर्न आगामी अप्रिल २९ गते जापानको गोल्डेन वीकको अबसर पारेर म्याग्देली सहित नेपाली कलाकारको उपस्थितमा नाकानो जेरो हलमा (मोना साझ)कार्यक्रम गर्ने तयारी गरिएको मोना जापानका महासचिव गणेश श्रेष्ठले बताए ।

‘साँझको तयारी भइरहेको छ,‘गरिबीका कारण शिक्षादिक्षाबाटै बन्चित भएका बालबालिकाको शैक्षिक भविस्य सुनिश्चित गर्ने अभियानमा नेपालीको सहयोगको अपेक्षा गरेका छौ’ उनले भने । मोना साँझको संयोजकत्वमा एशिया प्यासफिक सयोंजक ददिवल खड्कको संयोजकत्वमा विभिन्न उपसमिति बनाइएने बताए ।

यता संयोजक खड्काले कार्यक्रम तय भएकाले कुनैपनि कार्यक्रमलाई सोही दिनमा नपारीदिन अनुरोध गदैं शिक्षा जस्तो अति आवश्यकताको दायरामा समेत नपुगेका बालबालिकालाई आफ्नो क्षमता अनुसार सहयोगको अपिल समेत गरेका छन्। मोना साँझको तयारीसंगै विभिन्न उपसमिति तयार गरिने मोना जापानका अध्यक्ष दिपक कार्कीले बताए । उनले जापनामा रहेका क्षत्रीय समिति सहित पहुँचमा रहेका म्याग्देली सहित नेपालीलाई विभिन्न माध्यमबाट निमनत्रणा गरिने बताए ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.