व्लड क्यान्सर पिडित नाबालकलाई काभ्रेली समाज जापानको सहयोग-

Everest Fuji News २०७५ माघ ३ मा प्रकाशित       Published at 2019 Jan 17


काभ्रेपलान्चोक जिल्ला साविक पोखरी चौरी हाल चौंरीदेउराली गाउँपालिका वडा नं.५ निबासी भिमराज भारतीको नाति,सुरेन्द्रराज भारती तथा कविता कार्की भारतीको छोरा बर्ष ६ को वेल्सन भारतीलाई एक्कासि रक्त क्यान्सर भएकोले निजको उपचारको लागि काभ्रेली समाज जापानको पहलमा दुई हप्ते आर्थिक संकलन अभियान शुरु गरिएको थियो।

उक्त अभियानमा जापानवाशी नेपाली दाजुभाई तथा दिदी बिहीनीहरुबाट प्राप्त सहयोग रक़म एक लाख त्रिसट्टी हजार रुपियाँ काभ्रेली समाज जापानका उपाध्यक्ष छेवांग लामा र मीडियाकर्मी तथा फोनिज जापानको अध्यक्ष चसिला लामा लगायतले पिडित परिवारको निवासमै पुगि सहयोग रकम हस्तान्तरण गरिएको छ। यस दु:खद घडिमा जापानवासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुको आर्थिक सहयोगले उपचारमा थप राहत मिलेकोमा पिडित परिवारले धन्यवाद तथा ख़ुशी ब्यक्त गर्नुभयो।

साथै काभ्रेली समाज जापानबाट सहयोग जुटाउन पहल गर्नुहुने सम्पूर्ण पदाधिकारी एवं सम्पूर्ण जापानवाशी मनका नेपालीहरुबाट यो सहयोग जुटाउन सफल भएको अध्यक्ष समीर टी. तामाङले बताएका छन्। सथै समाजले सहयोगी सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस्तै सहयोगको आशा लिएको समेत उहाँले जनाएको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.