प्रेमिला गौचन,टोकियो, जापान । बहु प्रतिक्षित दरमखोला हाइड्रो इनर्जीको निर्माण कार्यको पुर्वाधार अन्तिम चरणमा पुगेको सरोकारवालाहरुले जनाएका छन । बाग्लुङ , गलकोट स्थित हिल गाउ पालिका अन्तर्गत पर्ने दरमखोलाको मुहान नजिकैको खोलाबाट निर्माणधिन हुन लागेको बहु चर्चित उक्त इनर्जी परियोजनाको निर्माण कार्यको लागि चाहिने बजेट लगभग पुरा भईसकेको निर्माण पक्षले जनाएको छ ।
निजी क्षेत्रको ५८ करोडमध्य ३५ करोड रकम संकलन भईसकेको बाँकी थप २३ करोड पनि लगानी कर्ताबाट प्रतिवद्धता आएको जनाएको छन । यसरी निजी क्षेत्रको ५८ करोड अर्थात ३० प्रतिशत रकम जम्मा हुने बितिक्कै बाँकी ७० प्रतिशत एनआइसी बैंकले न्युनतम व्याजमा ऋण दिने भएको छ । विद्युत निर्माणको लागि कुल पूँजी करिव १ अर्व ४८ करोड बजेटको लागतमा निर्माण हुने यस इनर्जीले ९.६ मेगावाटको बिद्युत उत्पादन गर्नेछ । यसबाट २ प्रतिशत स्थानियलाई उपभोग गर्न दिईनेछ भने बाँकी केन्द्रिय प्रसारणमा जोड्ने लक्ष्य रहेको छ !
दरमखोला हाइड्रो इनर्जी आयोजनाद्वारा आयोजित जापान भ्रमणमा रहनु भएका गलकोट नगरपालिका नगर प्रमुख भरत शर्मा गैरे , तारा गाउपालिका अध्यक्ष प्रकाश घर्ती मगर र गल्कोट नगरपालिका वडा ७ का अध्यक्ष टिका बहादुर थापालाई स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै इनर्जीका संस्थापक सदस्य तथा संयोजक शालिकराम सापकोटाले सभापतिको आसनबाट सम्बोधन गर्ने शिलशिलामा उक्त तथ्य जनाएका हुन । ७ वटा कम्पनी दर्ता गरी दरमखोलालाई लिड गरेको यस परीयोजनाबाट निर्माण कार्य सम्पन्न भए पश्चात लगानीकर्तलाई १२ प्रतिशत र बैंकले २० प्रतिशत व्याज दिने निर्माण पक्षले जनाएका छन ।
नगर प्रमुख गैरेले प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै जापानमा सिकेका ज्ञान,सिप र पुँजीलाई गल्कोटमा भित्र्याउन आग्रह गर्दै इनर्जीको हरेक बैठकमा सहभागी भएको तर विषेश कारणवस निशिभुजिमा एक मह्त्वपूर्ण बैठकमा सामेल हुन परेको समय एक पटक मात्रै बैठकमा सहभागी नभएको बताउदै उहाले उक्त निर्माराणधिन परियोजानाको महत्व र चासोको बारेमा व्यक्त गर्नु भएको थियो । प्रमुख गैरेले थप्नु भयो यस बहुप्रतिक्षित परियोजनामा केन्द्रिय सरकारको नियमनमा रहेर यस्ता किसिमका बिकासका योजनाहरुमा स्थानीय सरकार गम्भिर भएको बताउदै लगानीकर्ताको सुरक्षाको लागि पनि गम्भिर भएको बताउनु भयो । गलकोटमा बिकासका सम्भावनाहरु प्रचुर मात्रामा भए पनि जनताहरु उत्तरदायित्व नभएकै कारण पिछडिएको बताउदै उहाले इनर्जी टीममा निकट भविस्यमै निर्माण हुने भएकोले जापानवासी गल्कोटेहरुलाई ढुक्क भएर लगानी गर्न आव्हान गर्नु भयो ।
त्यस्तै विषिष्ट अतिथिकोको आसनबाट बोल्दै तारा गाउ पालिका अध्यक्ष्य प्रकाश घर्ती मगरले विगतमा राजनैतीक अस्थिरताका कारण लगानीकर्तामा डर भएको तर अहिले त्यस्ता कुनै पनि डर त्राश कम हुँदै गएकोले वाग्लुङलाई लगानीमैत्री बनाउनु पर्नेमा जोड दिनु भयो । उहाले सुखी नेपाल, समृद्ध नेपालको अवधारणालाई हृदयङगमन गर्दै आफ्नो गाउ ठाउलाई माया गरी दिनको लागि पनि आग्रह गरे । अध्यक्ष्य मगरले सम्बोधनको क्रममा दरमखोला हाइड्रोपावर इनर्जीको छिमेकीमा रहेको सयपत्री हाइड्रोपावर ( २.५ मेगावाट ) बारेमा पनि उल्लेख गर्नु भएको थियो ।
विगत ५ वर्ष पहिलेबाट निर्माण भईरहेको सयपत्रीले हाल स्थानीयले विद्युत उपभोग गर्दै आएको तर अझै निर्माणधिनको क्रममा रहेको जानकारी दिनु भयो । जानकारी दिने क्रममा उहाले विगतमा नाकाबन्दिका कारण पेट्रोलियम पदार्थको अभावका साथ स्थानीयबासीहरुले पनि निर्माण क्रममा रोकतोक नगरेको दावी गर्दै उहाले हाल दरमखोला परियोजनाका इन्जीनियर बिकास श्रेष्ठले नेत्रुत्व लिदै निर्माण कार्य भइरहेको जानकारी दिनु भयो ।

सयपत्री तारा सामुदायिक हाइड्रोपावरको निर्माण कार्य अझै सकिएको छैन ,तर सन्चालनमा भने भएको -
एनआरएन आइसिसिका पुर्व महासचिव डा. बढी केसिको पहलमा हाइड्रो पर्यटन पूर्वाधार बुदागत मातहतमा रही २.५मेगावाट बिद्युत निर्माण भएको यस परीयोजनामा आम्दानी दिदै आएको छ । यसमा ८०~८५ प्रतिशत निरन्तरता खोला बगीरहने भएकोले पनि विद्युत उत्पादनमा खासै असर नपरेको अध्यक्ष मगर बताउछन। दरमखोला परियोजनामा सबै लगानीकर्ता , प्राविधिक पक्ष सबैको कम्बिनेशन मिलेको हुनाले केही लगानीकर्ताले इच्छुक देखाएमा तुरुन्तै निर्माण कार्य सुरु हुने आयोजकको दावी छ भने सयपत्रिमा अझै लगानिको अभाव छ ।
टिकाराम खरेलद्वारा सन्चालन भएको उक्त शुभकामना तथा स्वागत कार्यक्रममा नेपालबाटै आएका अर्का अतिथि गल्कोट नगरपालिका वडा न ७ का अध्यक्ष टिका बहादुर थापाले गल्कोटको वारेमा बोल्ने अवसर जुटाइदिएकोमा आयोजकलाई धन्यवाद दिदै कम्पनी रिन्यु गर्न ३ वर्ष जती लागेको र लगानिकर्ताको अभावले पनि निर्माण कार्य ढिला भएको उल्लेख गर्दै अहिले अन्तिम चरणको अवसरमा धेरै लगानीकर्ताले चासो देखाएको हुनाले छोटो समयमै निर्माण कार्य सम्पन्न भइ स्थानियवासी , स्थानिय सरकार र केन्द्रिय सरकार पनि लाभान्दित हुने उल्लेख गरे ।
बुद्दिमणी कंडेलद्वारा स्वागत मन्तव्यबाट सुरु भएको सो कार्यक्रममा गलकोट समाज जापानका पूर्व अध्यक्ष नर बहादुर थापाले बैंकिङ , हाइड्रो लगायत विविध ठाउमा लगानी गरेको तर अहिलेसम्म मुनाफा दिन नसकेकोले कुनै पनि नयाँ बन्ने परियोजनाबाट लगानी कर्तालाई लाभान्श दिन सक्ने ग्यारेन्टी भए मात्र सबैले उत्साहजनक लगानी गर्न सक्ने तर्क दिनु भयो । सो कार्यक्रममा गल्कोट समाजका उपाध्यक्ष् भोजेन्द्र सुबेदी ,गैरे समाजका अध्यक्ष अर्जुन गैरे , उपाध्यक्ष डिल्लिराम गैरे , वरिष्ठ पत्रकार प्रेमिला गौचन नवलपरासी समाजका बासुदेब बस्ताकोटी , खिमलाल सापकोटा ,सुनकली सापकोटा लगायत गुल्मीवासी र गलकोटबासी लगानीकर्ताको वृहत सहभागीता रहेको थियो ।

