जापानका विदेश मन्त्रीको कामनाः नेपाल एयरलाइन्सको जापान उडान चाँडै हुने प्रतिबद्धता

Everest Fuji News २०७५ पुष २६ मा प्रकाशित       Published at 2019 Jan 10


 

जापानका विदेश मन्त्री तारो कोनोले नेपाल एयरलाइन्सले काठमाडौं–जापान सिधा उडान छिट्टै गरोस भन्ने आफूहरुको चाहना भएको बताएका छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र र जापानी विदेशमन्त्री तारो कोनो नेतृत्वको प्रनिधिमण्डलबीच बुधबार अपराह्न राजधानीमा भएको द्विपक्षीय वार्तापछि आयोजति सयुक्त पत्रकार सम्मेलनमा बोल्दै हवाई यातायातले दुई देशको सम्बन्ध अझै मजबुत हुने कोनोले बताए। असारमा पुनरावलोकन भएको हवाई सम्झौताको कुटनीतिक पत्र आदानप्रदानसमेत भएको उक्त वार्तापछि उनले यसबाट नेपाली एयरलाइन्सलाई जापान उडानका लागि बाटो खुल्ला भएको बताए। पछिल्लो समय दुई देशका नागरिकको आदानप्रदान बाक्लो भएको र यसलाई अझै बढाउन हवाई संजाल सहयोगी हुने उनको विश्वास छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.