टोकियो – नेपालको म्याग्दी घर भई जापानमा लामो समयदेखि बस्दै आएका एक नेपालीको शनिवार इवाराकीमा निधन भएको छ ।

५१ वर्षिय गोपाल मल्लको शनिवार दिउँसो इवाराकी केनस्थित कोगा सिटीको हिगासी यामातामा रहेको साथीको कोठामा निधन भएको हो ।
उहाको पुर्खौली घर म्याग्दी भइ पोखरामा बसोबास गर्दै आइरहनु भएको र उहा जापानमा कार्यरत हुनुहुन्थ्यो ।
विगत ३१ वर्ष देखि जापानमा रहेका मल्लका श्रीमती र ३ छोराहरु छन् । उनी लामो समयदेखि बेरोजगार रहेको र साथीभाइहरुसंग आश्रय लिएर जापानमा बस्दै आएको बताइएको छ ।
