फुकुओका,जापान ।
सुर्य कर्पोरेसनले जनवरी ५ तारीक शनिवार र ६ तारीक आईतबार फुकुओकामा १ दिनमै ३।३ सो गर्ने भएको छ । ओहासीको मिनामि सिमिन सेन्टरमा हुने शो, दिउसो १२ देखि ३, बेलुका ३ देखि ६ र साँझ ६ देखि नौ गरी एक दिनमै ३ पटक शो गर्न लागिएको छ । नेपाली चलचित्रको बिदेशि बजार बिस्तारको यो एउटा नविन प्रयास भएको र व्यस्त समयका बाबजुत दर्शकहरुको समय अनुसार नेपालमै जस्तो चलचित्र हेर्ने अवसरका निमित्त यसो गरिएको जिज्ञांसामा कर्पोरेसनका प्रबन्ध निर्देशक बाशुदेव लामिछानेले बताए ।
