एनआरएन कान्साइको सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न,हेमन्तले जिते कान्साइवासिको मन(फोटो फिचर)

Everest Fuji News २०७५ पुष १९ मा प्रकाशित       Published at 2019 Jan 03


कान्साई , ओशाका, जापान । नेपाली पहिचान बोकेको राष्ट्रीय टोपी दिबस तथा अंग्रेजी नयाँ बर्षको अबसरमा नेपालको बिकट तथा ग्रामीण क्षेत्रको शैक्षिक पुर्बाधार निर्माणको सहयोगार्थ एनआरएन कान्साइले नेपालबाट आमन्त्रित चर्चित कलाकारहरुको साथमा जनवरी १ तारिक ओसाकाको हिल्टन होटलमा आयोजना गरेको सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।जापन चर्चित ग्रुप ड्रीमर्स ग्रुपको शुभकामना गीत तथा नृत्य बाट शुरुभएको सांगीतिक कार्यक्रममा दुर्गा मरासैनीको कमेडी क्यारिकेचर र सुरज काफ्लेको कमेडी नृत्यले दर्शक पेट मिची मिची हसाएको थियो ।नेपालको लोक दोहोरिमा चर्चित कलाकार प्रिती आलेको प्रस्तुतीमा दर्शक झुमेका थिए ।

नेपाली पन र मन सँग सधैं गीत संगीत मार्फद माया लगएर दर्शकको मन जितेरहने गयक हेमन्त शर्माले आफ्नो स्वर मार्फत कान्साइ वासिलाई मोहनी लगाए । होम डेलीभरी  भन्दै दर्शक दिर्घा सम्म पुगेर सम्पूर्ण उपस्थत दर्शकलाई नाच्न प्रेरित गरिरहे । दर्शक सँग नजिक हुन रुचाउने शर्माको कला मात्र होइन ब्यक्तित्वको पनि कान्साइवासिले खुब प्रसंसा गरे भने बालबालिका हरुसँग रमाउदै हेमतले पनि सेल्फी खिचे । एन आर एन कान्साइका संयोजक प्रेम प्रसाद कंडेलको सभापतित्त्व तथा उप संयोजक कृष्ण शर्मा गैरेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा निबर्तमान एन आर एन आइसिसी सदस्य तथा एन आर एन ए जापानका सल्हाकार तुल्सिराम खरेल प्रमुख अतिथी,एन आर एन जापानका सल्हाकार नरेन्द्र बस्नेत बिशेष अतिथी तथा बिशिस्ठमा एन आर एन जापानका मानार्थ केन्द्रिय सदस्य आत्माराम शर्मा गैरे तथा अतिथिहरुमा एनआरएन जापानका मानार्थ केन्द्रिय सदस्य टिकाराम कंडेल लगाएत कान्साइमा रहेमा अधिकांस सँग संथाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा ३०० सय भन्दा बढी दर्शकको सहभागीता रहेको आयोजकले जनाएको छ ।कार्यक्रम संचारकर्मी पुरुषोत्तम लामिछानेले संचालन गरेका थिए।कार्यक्रममा कलाकार तथा आर्थिक सहयोग गर्नुहुने ब्यक्ती तथा संघ संस्थाहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो । भने स्थानिय कलाकार दिनेश केसिको लोक गीतले माहोल तताएको थियो ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.