जापानको एक मात्र टोकियो रोधी लाइभ घरमा काउन्ट डाउन पार्टी धमाका हुँदै , तयारी पुरा

Everest Fuji News २०७५ पुष १६ मा प्रकाशित       Published at 2018 Dec 31


प्रेमिला गौचन टोकियो , जापान । विगत ३ वर्षदेखी सन्चालनमा रहेको जापानको एक मात्र टोकियो रोधी घरमा ईश्वी सम्वत २०१९ को शुभारम्भको शुभ सन्ध्यामा काउण्ट डाउन पार्टी भव्यताका साथ तयारी भइसकेको छ । वर्ष भरको थकान , प्यास र भाई साथीसँगको  भेट्घाटको लागि जापानवासी नेपालीहरुलाई टोकियो रोधी घरले हार्दिक अनुरोध गरेको छ ।

जापान स्थित ख्याती प्राप्त कलाकारहरुको बेजोड प्रस्तुतीको साथै लाइभ डिजेका साथ भरपुर मनोरन्जन दिनको लागि विविध तयारी भइरहेको छ । नयाँ वर्ष पार्टीको लागि छुट्टै मेनुको परिकारको साथै पार्टीलाई व्यवस्थित र सुरक्षित राख्नको लागि १२ जना कर्मचारी थपिएको जानकारी प्रवन्धक निर्देशक ददिवाल खड्काले एवरेष्टफुजिन्युज डट कमलाई जानकारी दिनु भएको छ ।

 

उहाको स्वामित्वमा भएको अर्को भेटघाट रेष्टुरेन्टमा साथीभाइ भलाकुसारी गरी पारिवारिक काउण्ट डाउन पार्टी हुँदैछ छ भने टोकियो रोधी घरमा म्युजिक कन्सर्ट तथा लाइभ डिजे पार्टी हुँदैछ । ग्राहकको चाहना अनुसार नाच गान गर्न चाहने र एक आपसमा भलाकुसारी गर्ने ग्राहकको लागि छुट्टा छुट्टै व्यवस्थापना गरिएको खड्काले जनाउनु भएको छ ।

पार्टिको लागि छुट्टै मेनुको पनि व्यवस्था गरेको छ । रोधी घरमा जनवरी १, २ र ३ मा न्यू एयर पार्टी गर्ने भएको छ भने जनवरी ७ मा नेपालदेखी आएका सदाबहार नायक राजेश हमाल , हेमन्त शर्मा , हेमन्त राना र प्रिती आलेको बेजोड प्रस्तुती हुने भएको छ ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.