आकस्मिक उपाचारार्थ सहयोग एक हप्तामा १ लाख ३३ हजार एन संकलन, स्वास्थ्यमा क्रमिक सुधार , बिरामी जोशीले सहयोगी सबैलाई भेटेरै धन्यवाद दिने प्रतिवद्दता

Everest Fuji News २०७५ पुष ११ मा प्रकाशित       Published at 2018 Dec 26


प्रेमिला गौचन।, टोकियो , जापान । गत डिसेम्वर पहिलो सातामा कंचनपुर , महेन्द्र नगरका नवनित जोशिलाई सहयोगी गर्ने सबैलाई भेटेर  उनले धन्यवाद दिने अश्वासन दिएका छन । स्पाइन ट्युमरका कारण अकस्मात शरीरको विभिन्न अंगमा शल्यकृया गर्नु परेको जोशीको नेपालबाट बाबु आमासँग पटक पटक मगाएको पैसा पनि सकिएको थियो । सेन्दाइ तोयोको विश्वविद्यालय अस्पतालले डिसेम्वर १० तारिखसम्म १० मान जसरी पनि तिर्नु पर्ने ह्विप जारी गरेपछी उनी आपतमा परेका हुन । उनको शरीरको विभिन्न अंगमा शल्यकृया गरेको हुनाले उनी स्वयम आँफै दिशा - पिशाब गर्न सक्दैनथे ,पिशाव गर्नको लागि पाइप जोडीएको थियो । झोल पदार्थ पनि अरुको साहारामा खानु पर्थ्यो , हलचल केही पनि गर्न सक्दैनथे । तथापी उनको जापानमा पनि नजिकको आफन्त कोही नभएको खबर मन्जु गिरी ( चिवा ) र प्रेमिला गौचन ( टोकियो ) सूचना पायौ र यो भाईलाई तुरुन्तै सहयोग चाहिने महसुस गर्दै हामी दुबै जनाको पहलमा आकस्मिक सहयोगको अभियान थाल्यौं । हाम्रो अभियानलाई जापानबासी नेपालीहरुले सक्दो सहयोग गर्नु गरेका थिए। हामी दुबै जनाको तर्फ बाट पनि सबै सहयोगीहरुलाई धन्यवाद नदिइ रहन सकिदैन , जवकी हाम्रो अभियानलाई सहर्स स्वीकारी गरी यस अभियानलाई तदरुकताका साथ विरामी स्वयमको वैंक खातामा रकम फुरीकोमी गरेका थिए । परिवारको एक्लो सन्तान २७ वर्षिय जोशी ३ वर्ष पहिले अध्ययनका लागि जापान आएका थिए । जापानको सेन्दाइ स्थित khadaan Automotive Technical Engineering कलेजमा अध्ययन पस्चात सेलरिम्यानको स्योस्युको ( भर्ना ) गर्ने तयारी भइरहेको समयमा अचानक विरामी परेका हुन । जोशीको कोठा नजिकको अस्पाताले रोग पत्ता लगाउन नसकेकोले ठुलो अस्पातलमा विभिन्न चेक जाच गर्दा गर्दै विमार भएको ३ महिना पछी बल्ल स्पाइन ट्युमर रोग लागेको तथ्य पत्ता लागेको थियो ।

विरामी जोशी प्रफुल्ल, स्वास्थ्यमा क्रमिक सुधार , भिसा थप प्रकृयामा जापान अध्यागमनको सकारात्मक जवाफ

उनी अहिले बिस्तारै २,४ पाइला हिंड्न सक्ने भएका छन। यसको साथै दिशा - पिशाव पनि स्वयम आँफै गर्न सक्ने भएका छन । जनवरी दोस्रो हप्तासम्म भिसा भएको जोशिको अस्पातलको कागजात पेश गरे अनुरुप उनको भिसा थप गर्ने अध्यागमनको अधिकारीले सकारात्मक जवाफ आएकोले पनि उनी प्रफुल्ल छन ।

सहयोगिदाताहरुको नामावली :

1 Surya Shrestha-10,000¥ ( 1 man,समाजसेवी ) 2) Binod Gyawali -2000¥ (समाजसेवी ) 3) Jwala Sangrula - 2000 ¥ (विद्द्यार्थी ) 4 ) Indu Gautam -2000 ¥(बिजनेशवुम्यान ) 5) Ishmriti Acharya - 2000 ¥(सँयोजक , म नेपाली ग्रुप ) 6)Sarita Dhakal -2000 ¥ (उपाध्यक्ष, अन्तराष्ट्रीय नेपाली समाज जापान,तथा सँयोजक, प्रवास महिला विभाग ) 7)Kapil Dev thapa -2000¥( अध्यक्ष, नेपाल अध्यात्मक सेवा केन्द्र , जापान तथा NRN आइसिसी सदस्य ) 8)Rabi Shrestha -5000 ¥(प्रवन्धक निर्देशक , राइज एन्ड पियर्ल्स हाउश , शिन ओकुबो ) 9)Dhuku Thimmi-2000¥(समाजसेवी ) 10)Sima Hamal -2000¥(समाजसेवी ) 11. Premila Gauchan-5000¥(सम्पादक तथा प्रकाशक , एभरेष्टफुजिन्युज डट कम ) 12. Navin Niure -2000¥ ( NRN , कान्तो, अध्यक्ष ) 13.Hari Sapkota -3000 ¥( अध्यक्ष , खानागावा नेपाली कम्युनिटी ) 14. Manju giri -5000 ¥ (समाजसेवी ) 15. Sujan Pokhrel-2000 ¥(उहाको छोरा सार्थक पोख्रेलको नामा बाट ) 16. Ishwori Kandel -2222¥( उपाध्यक्ष, चितवन समाज, जापान) 17. Ghimire Deepa - 1,500 ¥(विद्द्यार्थी ) 18. Shiva Tandukar- 2000¥( शिन ओकुबो ) 19. Suman Limbu- 3000¥ ( अध्यक्ष, जनजाती महासंघ, जापान ) 20. Nikesh Shrestha-1000¥(समाजसेवी ) 21. Bishal Shrestha-2000¥(समाजसेवी ) 22. S. L. Tuladhar -3000¥ 23. Jack Khadka- 2000¥ (कलाकार तथा पत्रकार, जापान ) 24. Purushottam Lamichane-2000¥ (सम्पादक , दीपश्री अनलाइन , ओशाका ) 25. Sameer T Tamang -2000¥अध्यक्ष -(काभ्रे समाज , जापान ) 26. Yubaraj Regmi -1,500( कोषाध्यक्ष- राप्ती समाज , जापान ) 27. Nar Bahadur Thapa-2000¥ (पूर्व अध्यक्ष , गल्कोट समाज , जापान 28. Chasila Waiba Tamang-1,111¥ (अध्यक्ष ,जनजाती पत्रकार संघ , जापान ) 29. Shanta Pahari 1,011 (पूर्व अध्यक्ष , जनजाती पत्रकार संघ , जापान ) 30. Mausami Sherchan -2000¥(समाजसेवी ) 31. Manju Ban-5000¥(समाजसेवी ) 32. Ban Kumar -3000¥(समाजसेवी ) 33. Anita Gurung-2000 ¥(अध्यक्ष , तमु धि , जापान ) 34. Dadiwal Khadka -2000¥(प्रवन्धक निर्देशक , टोकियो रोधी घर तथा भेट्घाट नेपाली रेस्टुरेन्ट , शिन ओकुबो ) 35. Rajendra Thapa, Gorkha-2000¥ (बिजनेशम्यान ) 36. Birodh Chalise,Chitawan -2000¥ (बिजनेशम्यान ) 37. Birman Gurung,Landruk,Pokhara -1000¥(समाजसेवी ) 38. Raj bhandari Deppti-1000¥ (बिजनेशवुम्यान ) 39. Sanjeev Pokhrel-2000¥(प्रवन्धक निर्देशक , मिराइ कर्पोरेशन , शिन ओकुबो ) 40. Kalika Thapa-2000¥(उपाध्यक्ष, गलकोट समाज जापान) 41. ईन्द्र केसी ( अध्यक्ष, रुपन्देही समाज, जापान ) 42. सजिया शेरचन-2000¥ ( हाल अस्ट्रेलिया ) 43. Jiwan Gurung -2000¥ (शिन -ओकुबो व्यवसायी संघ,सदस्य ) 44. Bishwo Subedi-2000¥(उपाध्यक्ष- कास्की समाज , जापान ) 45. Indira Sujuki -2000¥( पोखरा , वरिष्ठ समाजसेवी ) 46. GriShma PauDyal Okamoto-2000¥ ( (वरिष्ठ साहित्यकार) 47. Birendra , Paudel -2000¥( (वरिष्ठ पत्रकार, पोखरा, हाल फुस्सा जापान ) 48. Shiva Prasad Paudelसंस्थापक -2000¥ ( नेपाली,फुदोशान ,Globle Home Network) 49. Dinesh Raj Gyawali -2000¥ (वरिष्ठ साहित्यकार ) 50. Dipa Karki -1000¥(बिजनेशवुम्यान) 51. Buddhi Raj Ghimire-2000¥ ( महासचिव , अध्यात्मक सेवा केन्द्र तथा NRN ,जापान) 52. बिश्वेस्वर रेग्मी -3000¥ (( अध्यक्ष - राप्ती समाज , जापान ) 53. चन्द्र उपाध्याय -2000¥(अध्यक्ष, ओनो जापान ) 54. Roshan KC -2000¥ ( Pokhara , हाल ,Koiwa , Japan ) 55. Anurodh Ghale -2000¥(गोर्खा,हाल, खानागावा, जापान) 56. Mahendra Adhikari-2000¥ (आपचौर,गुल्मी) 57. Anupraj Kandel -1,111 (चितवन तथा संस्थापक सचिव , पत्रकार महासंघ जापान ) 58. Pushkar Jang Thapa-3000¥ महासचिव , शिन ओकुबो व्यवसायी संघ , जापान तथा Owner of सोलमारी रेस्टुरेन्ट एन्ड मुरा हल , टोकियो 59. Dr. Bhupal Shrestha -3000¥ (अध्यक्ष , एभरेष्ट इन्टेरनेशनल स्कूल , ओगिकोबु ) 60. Dhishan Niraula -2000¥

##Total 132,844¥ or ( 13 man 2 hajar 8 saya 44¥)##

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.