जापान सरकारले पहिलो पाँच वर्षमा विभिन्न देशका लगभग ३ लाख ४५ हजार कामदारहरुलाई रोजगारी उपलब्ध गराउने लक्ष्य लिएको छ । विदेशी कामदारहरुलाई जापान सरकारले कृषि, उद्योग, निर्माण, माछापालन, नर्सिङ, ओलनलगायतका विभिन्न १४ वटा औद्योगिक क्षेत्रहरुमा रोजगारी उपलब्ध गराउने जनाएको छ।
मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको जापान टाइम्सले उल्लेख गरेको
यसअघि नेपालबाट औद्योगिक क्षेत्रमा कामदारहरु जाने गरेका थिए। जापानमा नेपाली कामदारहरुले कमाइ पनि राम्रो गर्ने र रोजगारीका लागि नेपालीहरुको राम्रो गन्तव्य समेत रहन सक्ने सरकारले अनुमान गरेको छ। जापानमा नेपाली कामदारहरुले ३ देखि ५ लाखसम्म नेपाली रुपैयाँ मासिक कमाइ गर्दै आएका छन्।
विदेशी कामदारहरुका लागि जापानीज भाषाको छुट्टै कक्षा सञ्चालन समेत गरी भाषागत दक्षतामा थप सुधार गर्ने भएको छ।

मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको जापान टाइम्सले उल्लेख गरेको छ। कामदारहरुको सीप परीक्षण गरी उनीहरुको सीप अनुसारको रोजगारी उपलब्ध गराउने भएको उक्त पत्रिकामा उल्लेख गरिएको छ।
यसको लागि जापानभर एकसयभन्दा बढी ठाउहरुमा ११ भाषीलाई लक्षित गर्दै परामर्शकेन्द्र राख्ने योजना रहेको छ ।
जापान र नेपालबीच कामदारहरु सरकारी स्तरबाट नै पठाउने बारे दुई देशबीच छलफल हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।
१४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ।
मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले नेपाल सहित अन्य ९ वटा मुलुकबाट कामदारहरु लैजाने भएको हो। जापानले नेपाल सहित चीन, म्यानमार, मंगोलिया, इन्डिोनेशिया, थाइल्याण्ड, फिलिपिन्स र भियतनामबाट कामदार लैजाने भएको जनाएको छ।
त्यस्तै, १४ औद्योगिक क्षेत्रसहित नर्सिङ, निर्माण तथा सरसफाइमा विदेशी कामदार प्रयोग गर्ने जापानी तयारी छ।
