Everest Fuji News२०७५ पुष १० मा प्रकाशितPublished at 2018 Dec 25
जापानको तोचिगी केनको तोचिगीस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबार राति आगलागी हुँदा ६ जना घाइते भएका छन् । घाइते सबै नेपाली रहेको र घाइतेहरुको अनुहार जलेको छ भने एक २९ वर्षीय पुरुषको अवस्था गम्भिर रहेको बताइएको छ ।
प्रहरीका अनुसार आगलागीको समयमा वरपरका बासिन्दाले ठूलो विस्फोटको आवाज र सिसाहरु फुटेको सुनेका थिए । प्रहरीलाई उधृत गर्दै आसाही टेलिभिजनले लेखेको समाचार अनुसार पहिलो तलामा रहेको सो रेष्टुरेन्टमा आइतबार राती साढे १२ बजेको समयमा सुरु भएको थियो ।
खास के कारणले आगलागी भएको हो भन्ने एकिन नभएपनि प्रहरीको प्रारम्भिक अनुसन्धानमा कुनै विस्फोटका कारण आगलागी भएको हुनसक्ने अनुमान छ । रेष्टुरेन्टको व्यवस्थापक मध्येका एकले भने ग्याँसको मूख्य भल्ब बन्द रहेको बताएका छन् ।