तीन महिना अघि मात्रै जापान पुगेका राईको असामयिक निधन

Everest Fuji News २०७५ पुष १० मा प्रकाशित       Published at 2018 Dec 25


केही महिना अघि मात्र पर्यटन भिसामा जापान पुगेको धनकुटा खोकु छिन्ताङ निवासी २३ वर्षीय युवराज राईको सुतेकै अवस्थामा निधन भएको छ । उनको मृत्युको कारण थाहा हुन सकेको छैन ।

समाचार अनुसार राईको जापानको ईबाराकी प्रान्तको ईनाशिकीमा सामान्य अवस्थामा साँझको खाना खाएर सुतेका उनको आइतबार आकस्मिक निधन भएको हो । मृतक राईको के कारणले निधन भएको हो भन्नेबारे कारण खुल्न सकेको छैन ।

किरात राई यायोक्खा जापानका सल्लाहकार संजीव राईले बेलुका खाना खाएर साथीहरूसंग फोनमा कुरा गरेर सामान्य अवस्थामा सुतेको राईको बिहान उठाउदा नउठेपछि चलाएर हेर्दा मुत्यु भैसकेको उनका साथीले जानकारी दिएको बताउनु भयो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.