गुल्मी,आपचौर सेवा समिति जापानले राहतकोषको सहयोगार्थ टोकियोमा सांस्कृतिक कार्यक्रम गर्दै सदावहार नायक राजेश हमाल आउने पक्का -

Everest Fuji News २०७५ पुष २ मा प्रकाशित       Published at 2018 Dec 17


टोकियो । गुल्मी,आपचौर सेवा समिति जापानले एनआरएन जापानको आपतकालीन राहतकोष र नेपालको अनाथ तथा अपाङ्ग वाल वालिकाको सहयोगार्थ अङ्रेजी नयाँ वर्षको अवसरमा एक सान्स्कृतिक कार्यक्रम गर्ने भएको छ । सदावहार नायक राजेश हमाल लगायत अन्य ख्याती प्राप्त ५ जना कलाकारहरुले भरपुर मनोरन्जन दिने आयोजकको दावी छ । टोकियो स्थित नाकानो जेरो हलमा जनवरी ६ , साँझ ६ बजेबाट सुरु हुने सो कार्यक्रममा नेपाल देखी आउने कलाकारहरुको भिषा प्रकृया पुरा भईसकेको संयोजक अनुरोध घलेले एभरेष्टफुजीन्युज डट कमलाई बताउनु भएको छ । नेपालदेखी आउने कलाकारहरुमा राजेश हमाल ,स्वदेश तथा विदेशमा चर्चित गीत ' सुन साइली , साइली , प्रदेशबाट फर्की आउँला , ४० कटेसी रमाउला ' बोलका गायक हेमन्त राना पहिलो पटक जापान आउदैछ ।त्यस्तै लोक गायक हेमन्त शर्मा र प्रिती आले पनि जापान आउँदैछन भने सुर्य खड्का जापानका स्थानीय लोक गायक हुन ।

जापानमा अहिलेसम्म भएका कार्यक्रमहरुमध्य यो हाम्रो छुट्टै पृथक कार्यक्रम भएकोलेले यो भव्यताका साथ सफल हुने संस्थाका अध्यक्ष महेन्द्र अधिकारीको दावी छ , उनले थपे 'हाम्रो यो विशुद्ध सामाजिक भावनाले गर्न लागेको कार्यक्रम हो , यस अभियानमा एनआरएन जापानको पनि हामीलाई सहयोग हुने सम्झौता भएकोले पनि हाम्रो कार्यक्रम भव्यताका साथ सफल हुने पूर्ण विश्वास भएको अठोट गरे । नेपालको वाल वालिकाहरु सेफ द चिल्ड्रेनमा आवद्द भएकोले सेफ द चिल्ड्रेन पनि आयोजक रहेको छ । मिडिया पार्टनरमा : जापानबाट सन्चालित न्युज पोर्टल एभरेष्टफुजीन्युज डट कम र मात्रीसन्देश डट कम रहेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.