जापानको एक रेस्टुराँमा विस्फोट, ४२ जना घाइते

Everest Fuji News २०७५ पुष २ मा प्रकाशित       Published at 2018 Dec 17


काठमाडौं । जापानको एक रेष्टुराँमा विस्फोट हुँदा ४२ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

जापानको तोयोहिरा जिल्लास्थित सापारो शहरमा भएको विस्फोटका कारण रेष्टुराँ पूर्णरुपमा ध्वस्त भएको छ ।

विस्फोटलगत्तै कतिपयले झ्यालका सिसा फोडेर भाग्ने क्रममा घाइते भएका हुन् । विस्फोटबारे अनुसन्धान थालिएको छ ।

विस्फोटपछि ठूलो मात्रामा प्रहरी परिचालन गरिएको छ । उक्त क्षेत्र आसपास सवारीसाधनमा रोक लगाईएको छ । (एजेन्सी)



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.