प्रेमिला गौचन , टोकियो , जापान । पन्चायतकालीन वाणिज्य सहायक मन्त्री स्व.यदु प्रसाद भट्टको जापानको टोकियोमा पनि जापानी परम्परा अनुसार जापानी तथा नेपालीहरु बिच भावपूर्ण श्रदान्जली अर्पण गरी सम्पन्न भएको छ । गत शनिवार टोकियो स्थित ओयामा शुगिशो श्रद्धान्जली हलमा सम्पन्न भएको सो कार्यक्रमा नेपालका लागि जापानी पूर्व राजदूत , स्व. भट्टका छोरा भवन भट्टका समकालीन जापानी व्यापारी सहकार्य तथा जापानिज साथीहरु जो स्व.भट्टसँग नजिक थिए सबैले उहासँग बिताएका पलहरु भावपूर्ण शब्द शहित श्रद्धान्जली अर्पण गरे ।
त्यस्तै स्व. भट्ट जापानमा उपाचारारार्थ अस्पातलमै गत नोवेम्वर २५ मा निधन भए पश्चात उहाको पार्थिव शरीरलाई नेपाल लैजाने क्रममा जापानको लागि नेपाली राजदूत प्रतिभा राणा उपस्थित हुनु भएको थियो भने गत शनिवार श्रद्धान्जली कार्यक्रममा उपनियोग प्रमुख कृष्ण चन्द्र अर्याल उपस्थित हुनु भएको थियो ।
श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अर्यालले स्व.भट्ट वाणिज्य राज्य मन्त्री हुँदा गोर्खामा खानेपानी , बिद्यालय निर्माण , कुलो कुलेशो लगायत बिभिन्न बिकास निर्माणका कामहरु गर्नु भएकोले सबैले उहालाई सम्झिरहने अभिव्यक्ती दिनु भयो । उहाका अभिव्यक्तिलाई जापानी भाषामा ओकामोतो ग्रिष्मा पौडेलले उल्था गरेर सुनाउनु भएको थियो ।

त्यस्तै एनआरएन आइ सि सिका प्रवक्ता भुषण घिमिरेले ' हाम्रा आइसिसी अध्यक्ष भवन भट्टका बुवा स्व. यदु भट्ट जापान , नेपाल लगायत विश्वका हरेक एनआरएन साथीहरुले विभिन्न माध्यमबाट श्रदान्जली दिनु भएको छ । नेपालमामा उहाका दाह सस्कार गर्दा मलामीहरु २५ हजार भन्दा बढी , शोक पुस्तिकामा ५० हजारभन्दा बढीले शोक शब्दहरु कोरेको बताउदै यसबाट नै उहाको महत्वपूर्ण व्यक्तित्व भएको प्रमाण हुन्छ । " भन्नु भयो । स्व .भट्टका माहिला छोरा तथा अन्तरराष्ट्रिय समन्वय परिषद एनआरएन आइसिसिका अध्यक्ष भवन भट्टले ' बुवाले हामीलाई सधैं सत्मार्ग तिर डोर्याउनु हुँदै उहाका सत्य उपदेश मार्फत नै हामीहरु अघी बढ्ने हौशला मिलेको बताउदै उहाले आफन्तको कहिल्यै पनि चिडाउन नहुने,सधैं सत्यमार्गमा हिंड्नु पर्ने उपदेश दिनु हुन्थ्यो भन्दै उहाले उहा मन्त्री हुनु भन्दा अघी र पदावधि सकियपछि' पनि आफ्नो कार्य क्षेत्रलाई सम्झी गोरखामा विकास निर्माणमा निरन्तरता दिनु भएकोले गोर्खाका स्थाननियवासीले झन उहालाई सम्झीरहने अभिव्यक्ती दिनु भयो । अध्यक्ष भट्टलाई नेपालमा पनि नेपाली परम्पराअनुसार कृया शुद्दी गरिसक्नु भएको परिप्रेक्ष्यमा जापानको यो महँगो जापानी परम्परा अनुसार फेरी किन कृयाशुद्दी गर्नु भएको ? संचारकर्मीहरुले सोधेको प्रश्नमा उहाले ' मेरो कर्मभुमी जापानमै भएकोले पछील्लो समयमा बुवा मुवाहरु विरामी भईरहने हुनाले धेरै जसो जापान मै बस्नुहुने र बुवाको निधन पनि जापानकै अस्पातलमा उपचारार्थको क्रममा निधन हुनु भएकोले यहाँ पनि कृयाशुद्दी गर्नु पर्ने कर्त्यव्य सोचेकोले गरेको हुँ , भन्नु भयो ।
स्व. भट्टको युवावस्थाको तस्विर :

स्व. भट्टको जीवनी श्रव्यदृश्य मार्फ़त श्रद्धान्जली सभाहलमा देखाइएको थियो ।
अध्यक्ष भट्टको श्रीमती मियोको पनि जापानी नागरिक, जापानमा निजी आवास, जापानीहरुसँग निजी व्यापारमा सहकार्य भएकोले प्रार्थिव शरीरमा श्रद्धान्जली अर्पण गर्न अधिकांस जापानी , नेपाली बुद्दिजिवी , पत्रकार , पेशाकर्मी तथा शुभ चिन्तकहरु पनि जापानमा भएकोले उहाले जापानमा पनि कर्मशुद्दी गर्नु भएको अभिव्यक्ती एक सहभागीले बताए।
एभरेष्टफुजिन्युज डट कम परिवार पनि हार्दिक भावपूर्ण श्रद्दान्जली अर्पण गर्दछ ।



