पदम राज जोशीका एक्लो छोरा जापानको अस्पालमा सिकिस्त विरामी , सहयोगको लागि जापानवासी नेपालीहरुलाई आग्रह -

Everest Fuji News २०७५ मंसिर २० मा प्रकाशित       Published at 2018 Dec 06


सेन्दाई, जापान । ३ वर्ष अघि जापानमा अध्ययन गर्न आएका पदम राज जोशीका एक्लो छोरा नवनीत जोशी जापानको सेन्दाइस्थित तोहोकु युनिभर्सिटी अस्पातलमा विगत ३ महिनादेखी जीवनमरणसँग छट पटाइ रहेका छन । जापानमा पनि कोही आफन्तहरु नभएको तर सँगै कोठामा बस्ने साथीले हस्पिटल सँगै समन्वय गर्दै आएका छन ।

महेन्द्र नगर, कन्चनपुर निवासी २७ वर्षिय जोशी सेन्दाइस्थित khadaan Automotive Technical Engineering कलेजमा अध्ययन सके पस्चात स्योस्युकु ( कम्पनी कर्मचारी ) गर्ने तयारी रहेको बेला अचानक बिरामीमा परेका हुन ।

स्पाइन ट्युमर रोगका कारण उनको शरीर भरी व्याक्टेरिया फैलिएर ढाडदेखी खुट्टा सम्म काटेर शल्यकृया गरेको अवस्थामा उनलाई खुवाउने , दिशा पिशाब गर्न पनि सहयोगी चाहिने भएको छ ।

नेपालदेखी पटक पटक बाबु आमाले पठाएको पैसा पनि सकिएकोले यही डिसेम्बर १० तारिखभित्र १० मान जसरी भए पनि असुल गर्नु पर्ने हस्पिटलले जिकिर गरेको जानकारी आएको छ ।

विरामी जोशीले होकेन अर्थात जीवन विमा गरेको भए पनि उपचार पद्दति महङ्गो भएकोले जापान स्थित दाजु भाई दिदी बहिनी , संघ संस्था तथा एनआरएन जापानलाई सहयोगको लागि हार्दिक अपिल गरेको छ । उनको खाता न् यस प्रकारको छ । पोस्ट बैंक : १८१४० - ३६९४ ५९८१ Name: Nawneet joshi (यो  विरामी आफैको एकाउन्ट न. हो )

अस्पतालमा विरामीको अवस्था :

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.