डिसेम्बर ३१ मा पाल्पा समाज जापानको अधिवेशन

Everest Fuji News २०७५ मंसिर २० मा प्रकाशित       Published at 2018 Dec 06


टोकियो । पर्यटकिय नगरी पाल्पालीहरुको  साझा सँस्था पाल्पा समाज जापानको दोस्रो अधिवेशन यही डिसेम्वर ३१ मा गरिने भएको छ ।

 

समाजले नयाँ वर्षमा धेरैको बिदा मिल्ने भएकोले धेरै पाल्पालिहरुलाई एक्बद्दता गर्न सकिने हुँदा नयाँ वर्ष २०१९ को शुभारम्भमा गर्न लागेको समाजका अध्यक्ष निरन्जन गैरेले एभरेष्ट फुजी न्युज डट कमलाई बताउनु भएको छ ।

 

टोकियो स्थित मिनामी ओचुकामा हुने अधिवेशनमा नयाँ नेत्रुत्व तथा जापानको अन्य ठाउहरुमा पनि संगठन विस्तार गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष गैरेले अधिवेशनको मुल एजेन्डा ५०० मान अर्थात रु पचास लाख नेपाली रुपैयाको राहत कोष निर्माण गर्ने लक्ष रहेको बताउनु भएको छ ।

 

यस नयाँ आपतकालीन राहत कोष अभियान तथा अधिवेशन सम्पन्न गर्नको लागि वृहत गृहकार्य भइरहेको जनाएको छ ।

यसका साथै समाजले जापान स्थित नेपाली राजदुतावाससँग सहकार्य गरेर कृषि सम्बन्धी अत्याघुनिक उपकरण भित्र्याउने लक्ष्य पनि लिएको छ ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.