शिन ओकुबोमा युनिमनी रेमिट सन्चालनमा, डिसेम्बर ३१ मा रेमिट गर्नेलाई निशुल्क सेवा
Everest Fuji News२०७५ मंसिर १९ मा प्रकाशितPublished at 2018 Dec 05
टोकियो ।
जापानबाट नेपाललगायत संसारभर रेमिट्यान्स कारोबार गरिरहेको युनिमनी रेमिटले आफ्नो पहिलो शाखा विस्तार गरेको छ। जापानको “मिनी नेपाल”भनेर चिनिने टोकियोको ओकुबो स्थित कार्यलयको मंगलबार एक औपचारिक कार्यक्रम गरि उद्घाटन गरिएको हो।
छोटो समयमै आक्रामक रूपमा सेवा विस्तार गरि छिटो छरितो र विश्वासिलो ढंगबाट आफ्नो अलग पहिचान बनाउन सफल युनिमनी रेमिटले उच्च रेट र छिटो सेवाका कारण जापानबासी नेपाली ग्राहकहरूलाई आकर्षित गर्ने कम्पनीका निर्देशक केनसुके साकानेले बताए।ओकुबो क्षेत्रमै पहिलो शाखा किन?भन्ने संचारकर्मी हरूको प्रश्नमा निर्देशक साकानेले नेपालीहरूका साथै बिदेशी नागरिकहरूको बाक्लो बसोबास रहेकोले ओकुबोलाई रोजेको जानकारी दिए।
कार्यक्रममा युनिमनी बाट पैसा पठाएमा नेपाल अधिराज्य भरिकै बैंकमा जम्मा गर्न सकिने,हिमालयन बैंक,ग्लोबल आईएमई बैंक लगायतका बैंकहरूको खातामा तुरन्तै पैसा जम्मा हुने,युनिमनी बाट पठाएको रकम हिमालयन बैंक र यसका एजेण्ट,प्रभु बैंक र यसका एजेण्ट,ग्लोबल आईएमई बैंक र यसका एजेण्टका साथै एक्सप्रेस मनी मार्फत नेपालभर सजिलै रकम भुक्तानी लिन सकिने जानकारी दिईएको थियो।
अनलाइन बाट पनि पैसा पठाउन सकिने कार्यक्रममा जानकारी दिईएको थियो। कम्पनीले डिसेम्बर ३१ तारिख सम्म ओकुबो शाखाको काउण्टर बाट पहिलो पल्ट पैसा पठाउने प्रत्येक ग्राहकहरूलाई बिना शुल्क पैसा पठाउने सुबिधाको साथै अन्य गिफ्ट ह्याम्पर समेत उपलब्ध गराउने बताएको छ।
कार्यक्रममा जापानका सक्रिय नेपाली संचारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो।