अध्यात्मिक प्रवचनबाट उठेको रकम शत प्रतिशत एनआरएन जापानको राहत कोषलाई हस्तान्तरण

Everest Fuji News २०७५ मंसिर १७ मा प्रकाशित       Published at 2018 Dec 03


टोकियो । गत साताको शनिवार र आइतवार २ दिने प्रविण दिनबन्धु पोख्रेलद्वारा गरिएको अध्यात्मिक वाचनबाट संकलित रकम एनआरएन जापानको आपतकालिन राहत कोषलाई हस्तान्तरण गरेको छ ।

उक्त संकलित रक़म ४ लाख १ हजार ८ सय ५० एन आध्यात्मिक सेवा केन्द्रका उपाध्यक्ष तथा कार्यक्रम संयोजक शालिकराम भण्डारीले केन्द्रका अध्यक्ष तथा एनआरएन आईसीसीका सदस्य कपिल देव थापालाई हस्तारण गरेको हो । एनआरएन जापान , अध्यात्मिक सेवा केन्द्र तथा अन्य व्यक्तित्वहरुको रोहावरमा सो रकम पत्रकार सम्मेलन गरी हस्तातरण गरिएको हो । वाचन प्रविण दिन बन्धु जापान आउदा जादाको हावाइ खर्च , पूजा सामाग्री तथा हल भाडा समेतको खर्च कटाई  भक्तजन हरुले दिएको दान स्वरुप उठेको कुल संकलित रकम १४ लाख १३ हजार एन मध्यबाट कुल खर्च १० लाख ११ हजार १ सय ५० एन कटाइ बाँकी रहेको शत प्रतिशत रकम एनआरएन जापानको राहत कोषलाई हस्तान्तरण गरेको हो ।

सो रक़म केन्द्रका अध्यक्ष कपिल देव थापाले एनआरएन जापानका अध्यक्ष टाशी वान्दी लामालाई हस्तान्तरण गर्दै थापाले 'जापानमा नेपालीहरुको बिच भैपरी आउने समस्याहरु एनआरएन जापान र नेपाली राजदुतावासलाई नै गुहार माग्ने भएकोले हाम्रो आध्यात्मक केन्द्र भन्दा राहतकोषलाई पैसाको जरुरत पर्ने महसूस भएकोले हस्तरान्तरण गरिएको बताउनु भएको छ । उहाले यो ' हाम्रो जापानमा पहिलो पटक भएको सानो प्रयास भएको बताउदै निकट भविस्यमा एक हप्ते सार्वजनिक बिदा गोल्डेन वीक को अवसरमा वृहत रुपमा ३ दिने ३ ठाउ मुख्य शहर टोकियो , नागोया र ओशकामा गरिने योजना रहेको बताउनु भयो ।' उक्त सन्कलित रकमबाट राहतकोष , हिन्दू र बौद्द धर्म झल्किने खालको मन्दिर निर्माण गरी एक पवित्र अध्यात्मिक केन्द्रको निर्माण गर्ने लक्ष रहेको अध्यक्ष थापाले जानकारी दिनु भएको छ । कार्यक्रम संयोजक शालिकराम भण्डारीले अत्यन्तै छोटो समयको तयारीमा पनि करिव ७ सय जना भक्तजनहरु गुरुका श्रवण वाचनहरु सुनेर लाभान्दित भएको बताउदै जापान जस्तो अती व्यस्त शहरमा पनि कार्यक्रमा सफल गर्ने सबै सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । जापानमा नेपालीहरुको पहिलो प्रवचन कार्यक्रम गत नोभेम्वर २४ र २५ तरिख नेपाली मुरा हल शिन ओकुबो , टोकियोमा भएको हो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.