टोकियो, जापान
गत आईतबार जापानको टोकियोमा दिवंगत हुनुभएका गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टका वुवा यदुराम भट्टप्रति श्रद्धान्जली अर्पण गरिएको छ।
दिवंगत हुनु भएका स्वर्गिय भट्टको पार्थिव शरिरमा जापानवासी नेपालीहरुका तर्फबाट एक समारोहका बीच मंगलबार साँझ श्रद्धान्जली पुष्पगुच्छा अर्पण गरिएको हो।
जापानवासी नेपालीहरुको बाक्लो सहभागिता रहेको समारोहमा जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्याल, दितिय सचिव टोपनारायण गिरी, तृतिय सचिव प्रेमप्रसाद बराल, एनआरएनए आईसीसी युवा संयोजक सुदन थापा, एनआरएनए प्रवक्ता भूषण घिमिरे, एनआरएनए जापानका अध्यक्ष टासी वाङदी लामा, नेपाल पत्रकारमहासंघ जापानका अध्यक्ष मोहन घले, एनआरएनएका पूर्वप्रवक्ता कुमार बस्नेत, एनआरएनए जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङग, एनआरएनए जापानका पूर्वअध्यक्ष तथा आईसीसी सदस्यहरु, जापानका विभिन्न संघसंस्था तथा पार्टीका भातृसंगठनका अध्यक्ष तथा पदाधिकारीहरुको बाक्लो सहभागिता रहेको थियो।l






