जापानी बैज्ञानिकहरुलाई पछि पार्दै नेपालीहरुले बनाएको ‘आमाको जाँतो’ले जित्यो उपाधी
Everest Fuji News२०७५ मंसिर ११ मा प्रकाशितPublished at 2018 Nov 27
नेपालीद्धारा तयार गरिएको ‘आमाको जाँतो’ले जापानको सर्वाधिक चर्चित रोवोर्ट प्रतियोगितामा उत्कृष्ट हुदै ईटी रोवोकन २०१८को उपाधी हात पारेको छ।
नोवेम्वर तेस्रो साता भएको प्रतियोगिताको अन्तिम फाईनलमा चार उत्कृष्ठ सहभागिलाई हराउदै आमाको जाँतोले उपाधी जितेको हो।
जापानको होक्काईदो स्थित वाकानाई होकुसेई गाकुईन विश्वविद्यालयमा अध्यापनरत नेपाली वैज्ञानिक प्राध्यापक डा. विष्णुप्रसाद गौतमले पहिलो पटक सहभागि जनाउदै उपाधी जितेका हुन। जापानको योकोहामामा भएको फाईनल प्रतिस्पर्धामा आमाको जाँतोले वेष्ट च्याम्पियनसिप अवार्ड २०१८, नेसनल च्याम्पियनसिप अवार्ड २०१८ र आईपीए अवार्ड गरि तीन विधामा समेत उत्कृष्ठ भएको छ।
जापानभरिका विश्वविद्यालय तथा अन्य क्षेत्रका वैज्ञानिकहरुले तयार गर्ने रोवोर्टबीच भएको प्रतिस्पर्धामा पहिलो चरणमा डा गौतमको आमाको जाँतोको भिडियो चर्चित बन्दै प्रतियोगितामा सहभागिताका लागि छनौट भएको थियो। सो प्रतिस्पर्धामा जापानका ४४ राज्यबाट छनौट भएका उत्कृष्ठ रोवोर्टले सहभागिता जनाएका थिए।