आगामी अप्रिलदेखि जापानमा बिदेशी कामदार ल्याउने विधेयक संसदबाट पारित ( भिडियो सहित )

Everest Fuji News २०७५ मंसिर ११ मा प्रकाशित       Published at 2018 Nov 27


टोकियो–जापान सरकारको महत्वकांक्षी परियोजनाका रुपमा लिइएको आगामी अप्रिलदेखि विदेशी कामदारहरु ल्याउने सम्वन्धि नयाँ बिधेयक जापानको तल्लो सदनबाट बहुमतले पारित भएको छ ।

संसदमा प्रस्तावको पक्ष विपक्षमा मतदान अघि विशक्षि दलले बिरोध गर्दै नाराबाजी गर्दै हो हल्ला समेत गरेका भएपनि बहुमतबाट पारित भएको एएनएन न्यूजले जनाएको छ । संसदमा मतदान अघि कानुन मन्त्री बोल्ने क्रममा माईक समेत खोसाखोस भएको थियो । सत्तापक्ष र प्रतिपक्षबिच विवादित रुपमा लिईएको बिधेयक पारित भई माथिल्लो सदनमा पेश भएको छ ।

जापान सरकार आगामी अप्रिलदेखि दुई प्रकृतिका नयाँ भिसा स्टाटस अन्तर्गत दक्ष र अर्धदक्ष कामदार ल्याउने तयारीमा छ । नयाँ विधेयक पारित भएसँगै आगामी अप्रिल महिनाबाट निर्माण, कृषि लगायतका विभिन्न १४ क्षेत्रमा बिदेशी कामदार ल्याउने छ ।

https://m.youtube.com/watch?v=snshA4aPG2o#


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.