टोकियो । 'बिस्वमा जातिय , वर्गिय र धार्मिक तत्वले मानव जातिमा विभाजित ल्याउने गरेको छ तथापी नेपाल पनि यसबाट अछुतो रहन सकेन । वैदिक बेदले पनि प्रमाणित गरेको छ कि यो परापुर्वकालका शासकहरुले नै कर्मको आधारमा जात बनाएको हो । ' वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले अध्यात्मक केन्द्र,जापानको भवन निर्माण तथा एनआरएन जापानद्वारा आयोजित आकास्मिक राहत कोषको सहयोगार्थ पोखरेलद्वारा टोकियोमा प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै वेद र बौध्द हाम्रै धर्म भएकोले यसलाई विश्वव्यापी गर्नु पर्ने अभियानमा लागेको बताउनु भएको छ ।
सबै धर्मलाई उत्तिकै सम्मान गर्दै विश्वमा फैलिरहेको आशान्तिलाई हाम्रै वेद र बुद्दत्वले नै पुरा गर्न सक्ने बताएका छन ।
"संसारमा योग र ध्यान फैलिएकोमा खुशी हुँदै यो नेपालबाटै वेद र वुद्ध दर्शन सुरु भएको हो , भगवान शिवले योगध्यान सुरु गरेका हुन भने विश्वशान्तिका अग्रदुत भगवान गौतम बुद्ध पनि नेपालमै जन्मेको व्याख्या गर्दै उहाले विश्वको योग तथा ध्यानद्वारा आकर्षित गर्नको लागि काठमान्डौको रामकोटमा २३ रोपनी जग्गामा करिव ५० करोडको लागतमा अध्यात्मक केन्द् निर्माण भइरहेको पनि जानकारी दिनु भयो ।
अमेरिकास्थित बोस्टन राज्यमा भएको ड्राबाडाइज विश्वविध्द्यालयमा समेत प्रवचन दिइसकेका पोखरेले बेलायत , अस्ट्रेलिया , न्युजिल्याण्ड , कोरिया तथा खाडी मुलुक समेत गरी अमेरिकामा मात्रै ९,१० पटक होम तथा प्रवचन गरेको बताएका छन ।
पोखरेलले नेपालको विभिन्न भागमा होम तथा प्रवचनबाट दानस्वरुप उठेको रकमले विद्द्यालय निर्माणदेखी विभिन्न सामाजिक कार्य गर्दै आएका छन ।
पोखरेलले प्रवचन कार्यक्रमको अध्यक्ष कपिलदेव थापा र सयोजक शालिकराम भण्डारी तथा जापान जस्तो महङगी ठाउमा खान , बस्न र यातायातको सुविधा उपलब्ध गराइ दिएका विजय भण्डारीलाई धन्यवाद प्रकट गर्दै उहाले जापानसम्म ल्याउनको लागि स्पोन्शर गरीदिएका राजन पौडेललाई पनि आभार व्यक्त गरे । टोकियोको मुरा हलमा सम्पन्न प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै पण्डित पोखरेलले आगामी निकट भविस्यमा वृहत रुपमा कार्यक्रमको आयोजना गर्न पनि अनुरोध गर्नु भयो ।
प्रवचनमा विशिष्ट व्यक्तिवहरु पनि सहभागी
पण्डित पोखरेलको प्रवचन कार्यक्रममा जापानका लागि नेपाली राजादूत प्रतिभा राणा , एनआरएन अन्तरराष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्ट , एनआरएन अमेरिकाका पुर्व अध्यक्ष सोनाम लामा तथा पन्डितका वाल्यकालका साथी तथा गोरखा समाजका अध्यक्ष चुडामणी भट्टराइको पनि उपस्थिती रहेको थियो ।


दान गर्नेहरु पनि बढे ...
१) अमेरिकाबाट प्रवचनमा सहभागी हुन आउनु भएका पूर्व अध्यक्ष सोनाम लामाले ५० हजार दान गर्नु भएको थियो । लामाले पर्यटकिय क्षेत्र मुस्ताङमा पनि उहाकै आफ्नै निजी पहलमा १० करोडको लागतमा गुम्बा बनाउनु भएको छ । २) पण्डितका वालसखा चुडामणी भट्टराईबाट २५ हजार ३) पुष्कर जङ थापाका दम्पत्तीबाट १ लाख ४) कुमार कार्कीबाट १ लाख ५) कपिलदेव थापा ७० हजार ६) दीपक नेपाल ५० हजार तथा सहभागी भक्तजनहरुले गुरुबाट आशिर्वाद लिनेक्रममा १ हजारदेखी १० हजारसम्म दान स्वरुप मन्डपमा चडाएका थिए ।
