नेपालमा ५१ औं दिन नजिक दीपाश्रीको ‘छक्का पञ्जा ३, जापानमा पनि १५ बढि स्थानमा सो हुने

Everest Fuji News २०७५ मंसिर ११ मा प्रकाशित       Published at 2018 Nov 27


टोकियो ।

मंसिर ११, २०७५ काठमाडौं–चलचित्र ‘छक्का पञ्जा ३’ प्रदर्शनको ५१ औं दिन नजिक छ । असोज २४ गतेबाट प्रदर्शनमा आएको दीपाश्री निरौला निर्देशित चलचित्रले आउँदो शुक्रबार प्रदर्शनको ५१ औं दिन पुरा गर्नेछ । चलचित्र प्रदर्शनका लागि अष्ट्रेलिया पुगेका निर्देशक दीपाश्री निरौला र कलाकार तथा लेखक दीपकराज गिरी ५१ औं दिन पुगेको खुसीयाली साटने तयारीका साथ मंगलबार नेपाल फर्किदैछन् ।

दशैँलाई लक्षित गर्दै घटस्थापनाको दिनबाट प्रदर्शनमा आएको ‘छक्का पञ्जा ३’ ले सर्वाधिक व्यापार गर्ने चलचित्रको रेकर्ड बनाएको छ । चलचित्रलाई नेपाल मात्र नभई विदेशमा पनि राम्रो ब्यापार मिलेको छ ।

नेपालकै हालसम्मको उत्कृष्ट चलचित्र बनेको भन्दै टोकियोको दर्शकहरुले चलचित्रको मुक्तकन्ठले प्रसंसा गरेका थिए ।टोकियोमा आईतबारको दिन धेरै कार्यक्रमहरु जुधेर आउन नपाएको गुनासोलाई मध्यनजर गर्दै टोकियोको सोहि हल मेगुरो कुमिन सेन्टरमा यहि डिसेम्बर २३ तारिख  साँझ ६ बजेबाट पुन सो गरिने वितरक सुर्य कर्पोरेसनले जनाएको छ ।

पहिलोपटक जापानमा १५ बढि स्थानमा सो हुने भएकोले अब यो रेकर्डलाई छक्का पन्जा ३ ले तोडिदिने भएको छ ।

जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेशनका  प्रबन्ध निर्देशक तथा जापानका लागि चलचित्रको आधिकारिक बिक्रेता  बाशुदेव लामिछानेले जानकारि दिएका छन । हालसम्म तय भएका मिति र स्थान हरु निम्नअनुशार रहेका छन ।

५ डिसेम्बर ओकिनावा, ८ डिसेम्बर फुकुओका, १३ डिसेम्बर चिबा, १६ डिसेम्बर तोचिगि, २० डिसेम्बर ओशाका २३ डिसेम्बर पुन: टोकियो

अन्य निम्न शहरहरुमा क्रमिक रुपमा छिटै प्रदर्शनको मिति पब्लिश गरिने कर्पोरेसनले बताएको छ ।

नागोया,सिजुओका , निगाता ,गुन्मा , सेन्दाई, फुकुसिमा, योकोहामा, कोबे हिरोसिमा,नागासाकी,ओगोरतोसु, कुरुमे, ईबाराकी, कुमामातो, किताक्युस्यु, होक्काईदोमा पनि प्रदर्शन गरिने जनाएको छ।

सिन्जुकु, सिनओकुवो र ओकुबो स्टेसनबाट १० मिनेटको दुरीको, सिन्जुकुको काबुकिच्योमा रहेको बादशाह रेश्टुरेन्ट एन्ड बारमा हुने शो हरेक दिन साँझ ६ बजेबाट ९ बजेसम्म चल्नेछ । अग्रिम बुकिंग गरेको खन्डमा २,००० र डोरमा ३,००० तय गरिएको टिकट दरमा १ पेय पदार्थ, फ्रि सर्भिसको ब्यवस्था गरिएको छ ।

चलचित्रको टिकट ३ तबरबाट बुकिंग गर्न सकिनेछ ।

1- मोबाईल नम्बर 080 9805 2008 वा ‭080 9055 8281‬ को Message Box वा Viber मा Message गरि Movie Show हुने Place, आवस्यक टिकट र नाम टिपाएर

2- सुर्य कर्पोरेसन लिमिटेड नामक फेसबुक वा Surya Corporation Limited नामको फेसबुक पेजमा Message गरि Movie Show हुने Place, आवस्यक टिकट र नाम टिपाएर

3- साथै यो लिंक बाट Online System बाट पनि टिकट बुक गर्न सकिनेछ । https://suryacorpo.com/online-ticketing/

टिकट बुक गरी चलचित्र प्रदर्शनको १ दिन अघि सम्म निम्न बैंक खातामा रकम दाख़िला गरी आफ्नो सिट सुरक्षित गर्न सकिनेछ ।

बैक खाता नम्बर निम्न अनुसार रहेको छ । जापान पोस्ट बैंक ( सुर्य कर्पोरेसन ) खाता नम्बर - १७७३०-७८६३३९१ ( ゆうちょ銀行/JP BANK ド)スリヤコ-ポレ-ション 17730-7863391 ) मा रकम दाख़िला गरेपश्चात। पैसा

चलचित्र प्रदर्शनको दिन टिकट बुकिंग Confirmation, रकम Transfer गरेको Slip को आधारमा गरिने हुंदा, टिकटको रकम जम्मा गर्नु भएको Transfer Slip सुरक्षित गरि राख्नुपर्ने जनाईएको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.