नेपालमा लगानी भित्र्याउन परराष्ट्रमन्त्री ज्ञवालीको जोड,मन्त्री पत्निले गरिन कृति बिमोचन

Everest Fuji News २०७५ मंसिर ३ मा प्रकाशित       Published at 2018 Nov 19


प्रेमिला गौचन टोकियो , जापान । स्वच्छ छवी तथा शालीन व्यक्तित्व भएका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली जापान सरकारको निमन्त्रणामा ५ दिने भ्रमणमा जापानमा आउनु भएको छ । भ्रमणको क्रममा आइतवार जापान स्थित नेपाली राजदुतावासले जापानी प्रतिनिधि तथा नेपाली विशिष्टहरुको माझ रात्री भोजको आयोजना गरेको थियो । सो कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विदेशमा रहेका नेपालीहरुलाई नेपालमा लगानी, सीप र प्रविधि भित्र्याउन आग्रह गरेका छन् ।

आइतवार बिहानै टोकियो आईपुगेका मन्त्री ज्ञवालीले सम्बोधनको क्रममा १० वर्ष पहिले जापान आउँदा नेपालमा संक्रमणकाल भएको तर अहिले धेरै कुरामा सुधार भएकोले नेपाल र नेपालीको वारेमा साकारत्मक भइदिन आग्रह गर्दै उहाले नेपाल सरकारले लिएको आर्थिक बिकासको एजेण्डामा प्रवासमा रहेका नेपालीहरुलाई साझेदारी भूमिका निर्बाह गर्दै प्राथमिकताको आधारमा लगानी, सीप र प्रविधि भित्र्याउन पनि आग्रह गरेका थिए ।

एनआरएन जापानले आइतबार अपरान्ह टोकियोमा आयोजना गरेको एक दिवाभोज सहितको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नेपाल सरकारले अगाडि सारेको ’समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने अवधारणालाई साकार पार्न बिदेशमा रहेका नेपालीहरुको महत्वपूर्ण भूमिका रहने विचार ब्यक्त गरे । आगामी १० वर्ष भित्रमा स्वदेशमै सरकारले रोजगार सृजना गरी नेपाली युवाहरुलाई विदेश पलायन हुनुबाट जोगाउने निती लिएको उल्लेख गर्दै जापान सरकारसँग ३ अर्व ५० करोड जापानी एन बराबरको खाद्य सहयोगमा सम्झौता हुने कार्यक्रम रहेको मन्त्री ज्ञवालीले उल्लेख गरे ।

यसैगरी मन्त्री ज्ञवालीको स्वागतमा आइतवार साँझ जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले आयोजना गरेको रात्रीभोज सहितको भेटघाट कार्यक्रममा बोल्दै उनले नेपालको आर्थिक, सामाजिक र शैक्षिक बिकासमा जापानले पुर्‍याएको योगदानको प्रशंसा गर्दै नेपाल सरकारको तर्फबाट धन्यबाद ब्यक्त गरे । सो अवसरमा बोल्दै राजदूत राणाले मन्त्री ज्ञवाली तथा उनका भ्रमण दलमा सम्मिलित सदस्यहरुको स्वागत गरेका थिए ।

जापानको प्रतिनिधी सभाका तादाहिको इतोले नेपाल भ्रमणमा रहेका मन्त्री ज्ञवालीलाई जापानले नेपाललाई विविध विधामा सहयोग गरेको उल्लेख गरेकोमा धन्यवाद तथा स्वागत गर्दै उहाले संसदिय पदभार सम्हालेको १० वर्षको अवधीमा नेपालमा ३ पटक भ्रमण गरेको र नेपालको प्राकृतिक सौन्दर्यतालाई निकै नै मन परेको उल्लेख गर्दै उहाले नेपालको पुर्वाधार निर्माणको लागि विविध बिषयमा छलफल भएको तथा जापानमा सुनामी जादा नेपालीहरुबाट ५ हजार कम्बल सहयोग प्राप्त गरेको र खुमामोतोमा भुकम्प जादा नेपालीहरुले खुवाएको मिठो तरकारी , खाना जापानको नागरिकले त्यसबेलाको विपतमा सहयोग गरेर गुण लगाएको कहिल्यै भुल्न नसक्ने ईतिहास बताएका थिए ।

सन १९५६ मा नेपाल जापान दौत्य सम्बन्ध भए यता नेपाल र जापानसँग धेरै विषयमा मैत्री सम्बन्ध भएको र भविष्यमा पनि यसले निरन्तरता पाउने आशा राख्दै यसता खाले आ-आफ्नो अनुभव साटासाट गर्न पाउने साझा थलो उपलब्ध गराएकोमा मन्त्री तथा राजादूत प्रतिभा राणालाई धन्यवाद दिएका थिए । नेपालका लागि जापानी राजदूत मासामिची साइगो, एनआरएन आइसीसीका अध्यक्ष भवन भट्ट, एनआरएन जापानका अध्यक्ष टाशी वान्दी लामा,जापानी राजनीतिज्ञ तथा बुद्धिजीवी, विभिन्न क्षेत्रका प्रतिनिधि, ब्यवसायी तथा मिडियाकर्मीहरुको उपस्थिति रहेको नेपाली दूतावास जापानले एक विज्ञप्ती पनि प्रेषित गरेको थियो ।

। मन्त्री ज्ञवाली जापानका परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा पाँच दिवसीय औपचारिक भ्रमणमा जापान आएका हुन् । हिजो बिहान मात्र टोकियो आईपुगेका मन्त्री ज्ञवालीलाई जापानका लागि नेपाली राजदूत राणा, नेपालका लागि जापानी राजदूत साइगो लगायत परराष्ट्र मन्त्रालयका उच्चाधिकारीहरुले हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

मन्त्रीपत्नी सरस्वतीले ' लालटीनको उज्यालो ' विमोचन गरिन ..

अन्तरराष्ट्रिय नेपाली साहित्य समाज ' अनेसास ' जापानले आयोजनामा गरेको लक्ष्मी जयन्ती तथा नियमित साहित्य श्रृंखलाको कार्यक्रमको अवसरमा मन्त्रीपत्नी सरस्वती ज्ञवालीको कृति ' लालटीनको उज्यालो ' विमोचन गरिएको थियो । लेखिका सरस्वतीले आफ्नै जीवन भोगाइका आत्म वृतान्तहरु समेट्ने कोशीस गरेको उल्लेख गरेकी थिइन । हिजो आएकै दिनमा स्थाई बसोबास गुल्मी जिल्ला भएका मन्त्री दम्पत्तीलाई जापानको पर्यटकिय स्थल स्काइ ट्री को पनि भ्रमण गर्न भ्याएको साहित्यकार दिपा घिमिरेले आफ्नो फेसबूक वालमा पोस्ट गरेकी थिईन । घिमिरे दिपा पनि जिल्लाबासी हुन ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.