हृदयघातबाट बच्न इसिजी र इको नियमित चेक जाँच गर्नु पर्ने , डा.लौडारी

Everest Fuji News २०७५ मंसिर १ मा प्रकाशित       Published at 2018 Nov 17


प्रेमिला गौचन टोकियो । भरतपुर नगरपालिकामा सबैभन्दा पहिले मुटु विशेषज्ञ बन्न सफल भएका युवा चिकित्सक शंकर लौडारी ( ३८ ) ले भारत र नेपालमा अक्रामक शैलीमा मुटु रोग तथा हृदयघात बढेसँगै यसबाट बच्न नियमित स्वास्थ्य जाच गर्नु पर्ने बताएका छन ।

समय व्यस्तताका कारण नियमित शरीर चेक जाच गर्न नभ्याए पनि इसिजी र इको प्रणाली परिक्षण सकेसम्म गर्नु पर्ने सुझाव दिए । गत बुधवार चितवन समाज, जापानद्वारा आयोजित साक्षात्कार तथा चिकित्सक लौडारीलाई सम्मान कार्यक्रममा डा.लौडारीले " २४ सै घण्टा संचालन मुटु भइरहने तर स्वास्थ्यमा केही समस्याका कारण ३०~४० सेकेन्डसम्म काम गर्न सकेन भने यसले अन्य भागमा असर पुर्याउदा अर्धचेतन , पक्षघात तथा मान्छेको मृत्‍यु नै हुन सक्ने चेतावनी दिदै उहाले दैनिक खानपान , कम्तिमा पनि दिनहु आधा घण्टा भए पनि कसरत गर्नु पर्ने , तनाब कम तथा धुम्रपान र मध्यपान त्याग्नु पर्ने सुझाव दिए ।

जापान सरकारको टि एम टि अर्थात ट्रेन मेडिकल ट्रैनर्स , टोकियो जेनेरल हस्पिटलको निमन्त्रणामा आउनु भएका डा.लौडारी जापानमा भएको बिस्वका १० राष्ट्रका १० चिकित्सकमध्य भाग लिने पहिलो र एकमात्र चिकित्सक हुनु हुन्छ । जापानमा समेत ६,७ वर्ष पहिलेबाट मात्र सुरुवाती भएको मुटुको मुख्य शल्यकृया प्रणाली एन्जिओग्राफी र एन्जिओप्लाष्टिक गरी २ थरिको शल्यकृया गरिने प्रकृयाको प्रशिक्षण तथा प्रशिक्षकको लागि जापानमा १ हप्ताको मौकामा चितवन समाज , जापानले यो कार्यक्रम राखेको हो ।

पश्चिमा तथा बिकसित देशहरुमा मुटु रोगले भयावह रुप लिएको तर अहिले उनिहरुले खानपिन र जीवनशैलीमा परिवर्तन गरेकोले कमी आएको तर दक्षीण एशियाली राष्ट्रका मानिसहरुमा दिनहु यो रोग बड्दै गएको छ ।

यद्दपी भारत र नेपालमा विकराल रुप लिएको छ । जहां २० ~३० प्रतिशतको दरले वृद्धि हुँदै गएको स्वास्थ्य संगठनहरुले जनाएको छ । फोक्सोले मुटुबाट आएको रगतलाई शुद्धिकरण गर्दै शरीरको विभिन्न अङगमा पुर्याएर जीवन स्वस्थ राख्ने भयता पनि वयस्क उमेरमा महिलालाई भन्दा पुरुषमा मुटु समस्या बढी देखिएको छ ।

यद्दपी महिलामा पनि महिनावारी बन्द भए पछी हर्मोनका कारणले मुटुमा समस्या आइ हृदयघात हुने डा. लौडारीको कथन छ । समाजका वरिष्ठ उपाध्यक्ष अर्जुन अधिकारीले स्वागत तथा सन्चालन गर्नु भएको ' प्रेभेन्टेड कार्डियोलोजी ' को श्रव्य दृश्य गर्न पनि सहयोग उहाले नै डा. लौडारीलाई गर्नु भएको थियो । टोकियो स्थित शिन ओकुबोमा रहेको टोकियो रोधी घरको सभाहलमा भएको उक्त जनचेतना कार्यक्रममा चितवन समाजका पदाधिकारी , व्यवसायी, पत्रकार लगायत अन्य व्यक्तित्वहरुको पनि बाक्लो उपस्थिती रहेको थियो ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.