Everest Fuji News२०७५ कार्तिक २७ मा प्रकाशितPublished at 2018 Nov 13
प्रतिकात्मक तस्बिर
सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकामा एक पर्यटको ज्यान गएको छ ।
मंगलबार बिहान १० बजेर २० मिनेटमा ६३ वर्षीया हिरो युकी योसीजाकी नाम गरेका जापानी नागरिकको ज्यान गएको हो । लुक्लाबाट सगरमाथा आधार शिविरतर्फ जाँदै गर्दा उहाँको ज्यान गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
उहाँको खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नम्बर ५ गोरक्षमा रहेको एभरेष्ट इन होटलको डाइनिङ हलमा ज्यान गएको सहाय प्रमुख जिल्ला अधिकारी टुक्ती शेर्पाले जानकारी दिनुभयो ।
आइतबार मात्र खुम्बु पासङल्हामु गाउँपालिका–४, दिङबोचेमा ४३ वर्षीय मलेसियन नागरिक वङ वेनडीको ज्यान गएकोे थियो भने सोमबार सोही गाउँपालिकाको चुकुम्री भन्ने स्थानमा ६० वर्षीय फ्रान्सेली नागरिक भेरानिक जुलिडरको लडेर ज्यान गएको थियो ।@ujyalo onlion