विश्व ज्योतिष संघका अध्यक्ष तथा ज्योतिषाचार्य संतोष वशिष्ठ जापानमा -

Everest Fuji News २०७५ कार्तिक २७ मा प्रकाशित       Published at 2018 Nov 13


टोकियो। विशेषत: राजयोगमा प्रसिद्धि कमाएका ज्योतिषाचार्य संतोष वशिष्ठ यही नोवेम्वर १३~१७ तारिखसम्म जापानको निजी भ्रमणमा आउने भएको छ । नेपाल ज्योतिष परिषदका महासचिव तथा दक्षिण एशिया ज्योतिष संघका प्रवक्ता समेत रहेका ज्योतिषाचार्य वशिष्ठ बिभिन्न राष्ट्रिय तथा अन्तरराष्ट्रिय पुरस्कारबाट पनि सम्म्मानित भइसक्नु भएको छ । यो छोटो अवधिमा जापान भ्रमणमा रहनु भएका वशिष्ठसँग भूत , वर्तमान र भविष्यको वारेमा मनमा आफुलाई चासो लागेको बिषयमा विविध बिषयमा जानकारी राखी भविष्यमा हुने अनिष्ठबाट जोगिन केही भए पनि राहत मिल्ने मान्यतानुसार जापानवासी नेपालीहरुले लाभ लिन सक्नेछन । टोकियोस्थित शिन्जुकु कु , शिन ओकुबोमा अवस्थित रहेको सिटी एक्स्प्रेस मनी ट्रान्स्फरको बिल्डिङ्मा १३~१८ बजेसम्ममा हात हेराउने , चीना हेराउने लगायत विभिन्न माध्यमबाट भविष्यवाणी गरिने  भएको छ । ज्योतिषाचार्य संतोष वशिष्ठले प्राप्त गर्नु भएको केही एवार्ड तथा पुरस्कारहरु : 1. "Best Astrologer of Asia", International Astro Conference, Bali Indonesia -2017 2. "Global Achievement Award",International Astro Conference, New Delhi, India-2015 3. "Bonafide Astrologer Asia", South Asian Astro Federation, Colombo, Srilanka-2014

सुरु हुने दिन : १३~१७ तारिखसम्म समय : १~ ६ बजेसम्म (दिवा ) स्थान : शिन ओकुबो , सिटी मनी ट्रान्स्फर बिल्डिङ सम्पर्क : संगिता अधिकारी सुबेदी, फोन न् : ०९० ४४५९ ८५५९

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.