सुर्य कर्पोरेशन लिमिटेडले नोभेम्बर १८ मा चलचित्र छक्का पन्जा ३ प्रदर्शन गर्ने -
Everest Fuji News२०७५ कार्तिक २५ मा प्रकाशितPublished at 2018 Nov 11
टोकियो । भर्खरै नेपालका ख्यातिप्राप्त करिव ४ दर्जन कलाकारको साथमा सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य कर्पोरेसन लिमिटेडले नेपालमा निकै रुचाईएको चलचित्र छक्का पन्जा ३ को जापान राईट्स लिएसंगै यहि नोभेम्बर १८ तारीक आईतबारको दिन टोकियोको मेगुरो कुमिन सेन्टरमा पहिलो सो गर्ने भएको छ ।
जापानको १५ बढि शहरहरुमा प्रदर्शन हुन लागेको चलचित्रको क्रमिक रुपमा मिति, समय र स्थान तय हुंदै गईरहेको कर्पोरेसनका बाशुदेव लामिछानेले जानकारी दिएका छन । हालसम्म १८ नोभेम्बरमा टोकियो, ५ डिसेम्बर ओकिनावा, ८ डिसेम्बर फुकुओका र १६ डिसेम्बर तोचिगी गरि ; स्थानको प्रदर्शन तय भैसकेको छ ।
दिपकराज गिरी र दिपाश्री निरौलाको चलचित्र छक्का पन्जा , १ र २ को अपार सफलतापछी निर्मित छक्का पन्जा ३ नेपालमा व्यवसायिक हिसाबमा पनि अहिले सम्मकै सबै रेकर्डहरु तोड्न सफल भएको चलचित्र हो ।छक्का पन्जा -३ ले नेपालको अस्वस्थ्य राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ ।
यहि नोभेम्बर १८ आइतवार मेगुरो कुमिन सेन्टरमा साँझ ६ बजेबाट प्रदर्शन हुने चलचित्रको टिकटदर एडभान्समा २,००० र डोरमा ३,००० तय गरिएको छ ।