मदन दाईमा कस्तो उर्जा ..??

Everest Fuji News २०७५ कार्तिक १६ मा प्रकाशित       Published at 2018 Nov 02


प्रेमिला गौचन , ओक्टूवर २, शुक्रवार ,टोकियो । जब महका मदनकृष्ण श्रेष्ठ आजीवन हास्य विधामा लागे , करिव ४ वर्षदेखी नशा सम्बन्धी पार्किन्सन रोगले ग्रसित भए पछी कुनै पनि कृयाकलापमा सकृयता देखाएका छैनन् । तर विदेश भ्रमणमा भने निकै सकृयता देखाउन थालेका छन । त्यो पनि उहाको निजी चहानाले होइन कि उहाका शुभचिन्तकहरुले यो कार्यक्रम जुटाइ दिन्छन । करिव ३ महिना पहिले श्रेष्ठ अमेरिका भ्रमणमा रहदा चर्चित युवा पत्रकार प्रेम बानियाले ' म अमेरिका आए पछी पहिलो पटक मदन दाईको अन्तर्वाता लिदैछु भन्दै पोस्ट गर्दै थिए । कती महत्वका व्यक्तित्वका छन त मदन दाई ? भन्ने तथ्य यसका ज्वलन्त उदाहरणहरु हुन । यस पन्तीकारले जापान भ्रमणको रहनु भएका श्रेष्ठलाई 'तपाईं बिरामी भए पछी हाष्य विधा चटक्कै छोड्नु भएको हो ? को उत्तरमा ' कहाँ हुनु ? छोडेको छैन , स्लो चाँही भएको हो " भन्दै उर्जावान शब्दले उत्तर दिनु भयो । उहाका जीवनीमा आधारीत उहाँ आफैले लेख्नु भएको बायोग्राफी ' महको म ' गतसाल जापानमै किन्ने अवसर पाएको थिए । तर समय पावन्दीले गर्दा उहाको आधा पुस्तकभन्दा बढी अध्ययन गर्ने समय मिलेको छैन । अनी मैले उहाको हस्ताक्षर लिने क्रममा ' दाई तपाईंको किताव त पोहोर साल नै किनेको , तर फुर्सद नभएकोले आधा मात्रै पढेकी छु , भन्दा उहाले हास्यास्पद शैलीमा ' पहिला पढ्नुस् अनी साइन गर्छु , खाने मान्छेलाई जुङाले छेक्दैन ' भन्नु भयो ' अनी मैले पनि फकाउने शैलीमा , हुन्छ हुन्छ चाडै नै पढेर सक्छु भने , फेरी कितावमा हस्ताक्षर गर्ने बेलामा पनि ' अनेकन ठटयौली पाराले प्रस्तूत भएका थिए । लाग्छ कि उहा सँग , १५ , २० मि. को भलाकुसारीमा पनि कुनै पनि मान्छेलाई उर्जावान बनाउछ । उनले लेखेको 'म' नेपालमा सर्वाधिक विक्री भएको कृति हो । ठट्यौली सहित जीवन सङिनी गुमाउनुको पिडा पनि पोख्नु भयो । ' अनी मैले तपाईं अहिले कसरी जीवन यापन गरी राख्नु भएको छ ? र परिवारमा को को हुनु हुन्छ ? अनी उहाले जवाफ दिनु भयो ' मेरो छोरा अमेरिकामा १३ वर्ष, बसेको राम्रो जागिर छोडेर मेरो लागि ५ वर्ष अघी छोरा एमन , बुहारी र नातिनी आयो नि ..भन्दै खुसीका साथ जवाफ दिएका थिए । श्रेष्ठका एक छोरा र एक छोरी छन । दुबै अमेरिकामा मै उच्च स्तरको जागिर सहित बसोवास गर्दै आएका थिए । छोरा एमन ( ४१)का आफ्नो वाबुलाई सम्हाल्न नेपाल आउनु भन्दा पहिले उनीसँग अमेरिका भर भएको होम स्टेका शाखा मेनेजर थिए । उनले भर्जिनियाको डायलश विश्वविध्यालयमा एम बि ए उत्तिर्ण पछी जागिरमा लागेको ९,१० वर्ष भए पनि छोरा मलाई भनेर आयो ।म एक्दमै खुशी छु । भन्दै जवाफ दिए । मदनका छोरी साराना श्रेष्ठ (३६ ) पनि वासिन्टन डि सि अन्तरगत मुख्य कार्यालयको विश्व बैंकमा जागिरे थिए । अहिले त्यहाको भन्दा तलब सुबिधा राम्रो भएकोले लेडुजमा जागिरे छन । जसले विभिन्न विधामा बैज्ञानीक तथा अनुसन्धान गर्ने व्यक्तित्वहरु उत्पादन गर्छ , यसमा सरकारले पनि सहयोग गर्छ । र यसमा उत्पादन भएका स्रोत व्यक्तिहरुलाई फेरी सरकारलाई नै जिम्मा दिने काम गर्छ | यस बाहेक यसमा अनुसन्धान गर्दा उत्पादन भएका सामानहरु अस्पताल , कार्यालयमा , सेना आदिलाई दिने काम गर्छ । यि त भए मदनका पारिवारिक पृष्‍ठभूमि ।     यद्दपी महको जोडी मदनकृष्ण श्रेष्ठ र हरीवंश आचार्यको युगल जोडीबाट हाष्यव्यङगका माध्यममबाट देश , समाज र परिवारमा भएका विकृति र विसंगतिको वारेमा जन चेतना ल्याउने काममा आजीवन लागे । महको जोडीलाई सर्वाधिक रुचायिएको सदावहार कलाकार हो । जसका हाष्यव्यङग, नाटक र टिभी सिरियलहरु पनि सर्वाधिक चल्ने गर्दथ्यो । भनिन्छ मह जस्तै हाश्य जोडीको स्थान अहिलेसम्म कसैले पनि लिन सकेको छैन , निरन्तरता र मुल्याङ्कनको हिसावले । वर्तमान समयमा धुर्मुश ,सुन्तली र दिपा, दिपकको नाम चर्चा भए पनि धुर्मुश सुन्तली अहिले सामाजिक अभियन्ताको रुपमा बढी सकृय भएका छन भने दिपा र दिपाश्री चलचित्र निर्माणमा सकृय भएका छन । त्यस्तै मनोज गजुरेल पनि आफ्नो पत्नीसँग सम्बन्ध विछोड भए पछी त्यती सक्रुयता देखाएका छैनन ।   जुद्द फेदी काठमाडौमा वि.स २००७ साल बैशाख ७ मा जन्मेका श्रेष्ठ हाल सुनाकोठी, ललित पुरमा बस्दै आएका छन । उनलाई पार्किन्सन रोग लागे पछी ४ वर्ष पहिले उनको मस्तिष्कमा चिप्स राखिएको थियो त्यस पछी २ महिना पहिले पनि चिप्स राखिएको छ । सिन्जो कर्पोरेशन र राइज पाइल्स फेशन एन्ड इकुप्मेन्टको निमन्त्रणामा उहाका साथमा छोरा एमन, सुनिल तुलाधर र निल शाक्यका साथमा जापान आएका हुन । पर्सी आइतवार ओक्टूवर ४ तारिखको दिनमा टोकियो स्थित नाकानो जेरो हलमा उहाका आत्मवृतान्त कथा 'महको म ' र स्थाननिय कलाकारको विषेश प्रस्तुती हेर्न आइदिनको लागि जापानवासी नेपालीहरुलाई आग्रह गरेका छन ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.