जापान जान चाहनेले अब अनलाइनबाटै भाषा परीक्षा दिन पाउने

Everest Fuji News २०७५ कार्तिक १५ मा प्रकाशित       Published at 2018 Nov 01


 जापान जान चाहने नेपालीले पहिलो पटक अनलाइनबाटै जापानी भाषा परीक्षा दिन पाउने भएका छन् । काठमाडौंमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा जापानको प्राक्टिकल जापनिज कम्युनिकेसन (पीजेसी) ब्रिजसँग सहकार्य गरी अनलाइनबाटै भाषा परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको जानकारी मोग सर्भिस प्रालिका अध्यक्ष प्रमुख कार्यकारी अधिकृत ओमहरि प्रजापतिले जानकारी दिनुभयो ।

कागजबाट लिखित परीक्षा दिँदा नतिजाका लागि तीन महीना पर्खनुपर्नेमा अनलाइनबाट परीक्षा दिनेबित्तिकै थाहा पाउन सकिन्छ । त्यसको प्रमाणपत्र १० दिनमा लिने पाइनेछ । परीक्षामा उपयुक्त लब्धाङ्क नआएको एक हप्तापछि अर्को परीक्षा दिन सकिने व्यवस्था छ । जापानको न्याय मन्त्रालय र अध्यागमन विभागले मान्यता दिएको पीजेसीले सन् १९७६ देखि नै परीक्षा सञ्चालन गर्दै आएको छ । त्यसै संस्थासँग मोगले सहकार्य गरी परीक्षा सञ्चालन गर्न लागेको हो । मोगका प्रमुख कार्यकारी अधिकृत प्रजापतिका अनुसार विद्यार्थीबाहेकले पनि भाषा परीक्षा दिने पाउनेछन् । परीक्षा शुल्क तीन हजार ५०० रुपैयाँ लाग्छ । परीक्षा अनलाइनबाट जति बेला पनि दिन सकिन्छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.