कलेजो पीडित ७ महिने बालिकाको उपचारर्थ जापानवासी नेपालीबाट २ लाख १५ हजार सहयोग हस्तान्तरण

Everest Fuji News २०७५ कार्तिक १५ मा प्रकाशित       Published at 2018 Nov 01


 

टोकियो । म्याग्दी, पात्लिखेत हाल पोखरा, चाउथे निवासी रबी शेरचनका ७ महिने छोरीको उपचारार्थ जापानबासी नेपालीहरुले आर्थिक संकलन गरी हिजो बुधवार नेपाल रेमिट गरेको छ ।

सरिता क्षेत्रीको संयोजकतामा पहल भएको यस आर्थिक सहयोग अभियानमा जापान मनि एक्सप्रेस (JME) ले ६ हजार ८ सय ५ एन थप गरी जम्मा १ लाख ८५ हजार निशुल्क रेमिट गरी सहयोग गरेको छ । अभियानमा डेस्टिनी कृयशन एन्ड माइ कलेक्सनले दशै तिहार शुभकामना डान्स प्रोग्राम गरी उठेको रकम मध्य २४ हजार ५ सय सहयोग सहित व्यक्ती व्यक्ती बाट हजार एन देखी ५ हजार एन सम्म सहयोग गर्ने दाताहरुबाट संकलन  गरिएको हो । त्यस्तै थ से स ( थकाली समाज जापान ) का अध्यक्ष बुद्दी गौचनले उहाको आमा पोखरा निवासी उमा देवी गौचनको हातबाट ३० हजार हिजै प्राप्त गरेको फोटो सहित शेरचनले पोस्ट गरेका छन।

सानो नानीको कलेजो प्रत्यारोपणको लागि भारतको मेदान्त अस्पातलमा करिव ४० लाख खर्च लाग्ने डाक्टरुले बताए पछी शेरचन नेपाल फर्की आ - आफ्न साथीहरु तथा इस्टमित्रहरुसँग सहयोग जुटाउने अभियानमा लागेका हुन । यसरी जापानबाट २ लाख १५ हजार पीडित बच्चाको लागि आर्थिक सहयोग गरेको छ ।शेरचनले मेसेन्जर मार्फत रकम प्राप्त गरी सकेको र सहयोगी सबैलाई मुरी मुरी धन्यवाद समेत सन्देश पठाइ सकेका छन । बाग्लुङ क्याम्पसमा सङ्गै अध्ययन गरेका शेरचनका सहकर्मी तथा सँयोजक सरिता क्षेत्री तथा उनकै आफ्नै बहिनी अन्सा क्षेत्रीले दिएको जानकारी अनुसार अस्ट्रेलियाका आफन्त र साथीहरु मार्फत करिव ८ लाख सहयोग उठेको छ ।

जापानमा सहयोगी दाता हरुको नामावली :

 १) थ से स ( थकाली सेवा समिति,जापान) - रु.३० हजार २) डेस्टिनी कृयशन एन्ड माइ कलेक्सन जापान - २४ हजार ५ सय एन ३) जापान मनि एक्सप्रेस (JME) शिन ओकुबो - ६ हजार ८ सय ५ एन ४ )सरिता क्षेत्री ( संयोजक) - २०००० ¥ ५) ददिवाल खड्का -५००० ¥ ६) सुदिप मोक्तान -५००० ¥ ७) भगवती के सि -५००० ¥ ८) राजेन्द्र श्रेष्ठ -५००० ¥ ९) नबिन निउरे -५०००¥ १०) कंडेल एन -५००० ¥ ११) तामाङ एस - ५००० ¥ १२) मिना श्रेष्ठ -५०००¥ १३) सनराइज कर्पोरेशन -५०००¥ १४) यामागुची -५००० ¥

१५) बिजय भण्डारी - ३००० ¥ १६) देवकी शर्मा - ३००० ¥ १७)  नारायण जोशी - ३००० ¥ १८) सिद्दार्थ श्रेष्ठ -३००० ¥ १९) हरी सापकोटा -३००० ¥ २०)  थापा सि एच -३००० ¥

२१ ) ईश्वरी कँडेल-२२२२¥

२२) सरोज तामाङ -२०००¥ २३) सुर्य खड्का -२०००¥ २४) दिलिप श्रेष्ठ -२०००¥ २५) अर्पना क्षेत्री-२०००¥ २६) भिष्म थापा -२०००¥ २७) राम खड्का -२०००¥ २८) शिव तन्डुकार -२०००¥ २९) आरोही सुबेदी -२०००¥ ३०) महेन्द्र नेउपाने -२०००¥ ३१) विश्वास आचार्य -२०००¥ ३२) यमकान्त पौडेल -२०००¥ ३३)रुबिना तामाङ - २०००¥ ३४) महेश खड्का -२०००¥ ३५) सुजन पोखरेल -२०००¥ ३६) सिता सापकोटा - २०००¥ ३७) कृष्ण सुबेदी - २०००¥ ३८) राम बहादुर थापा -२०००¥ ३९) खड्का एस -२०००¥ ४०) रमेश पाण्डे -२००० ¥ ४१) बिनो केसी -२०००¥ ४२) रामु सापकोटा -२०००¥

४३) सुरेश केसी -१५००¥

४४) मुक्ती सुबेदी -१०००¥ ४५) समुद्र राज पौडेल -१००० ¥

४६) अन्जु गैरे-१०००¥ ४७) प्रेमिला गौचन -१०००¥

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.