रोल्पा समाजको अध्यक्षमा प्रेम प्रकाश रोका मगर , समाजले डिसेम्बर २ मा म्युजिकल नाईट गर्ने -

Everest Fuji News २०७५ कार्तिक ११ मा प्रकाशित       Published at 2018 Oct 28


टोकियो । रोल्पाबाट जापानमा विभिन्न पेशा , व्यवसाय र श्रमिक गर्दै आएका रोल्पालीहरुको अधिवेशनले नयाँ कार्यसमिति गठन गरेको छ । तदर्थ समितिका संयोजक ईन्द्र देव बुढा मगर ( व्यन्जन ) को सभापतित्वमा सम्पन्न अधिवेशनले प्रेम प्रकाश रोका मगरलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

जसमा वरिष्ठ उपाध्यक्षमा विकास ओली ,उपाध्यक्ष्यहरुमा कृष्ण बहादुर रोका मगर ,टिकाराम डांगी , नारायण बुढा मगर चयन भएका छन । त्यस्तै महासचिवमा विवेकमान रोका,सचिवमा अपेक्षा बुढा , कोषाध्यक्षमा राजेन्द्र झाक्री मगर , सह-कोषाध्यक्षमा क्षितिज रोका मगर , प्रवक्तामा दया प्रसाद बुढा मगर सहित २९ कार्यसमिति सदस्यहरु चयन गरेको छ ।

आज िशनओकुबो स्थित रोयल गार्डेन रेस्टुरेन्टमा बसेको वृहत भेलाले संस्थापक सँरक्षकमा ईन्द्र बहादुर बुढा मगर (व्यन्जन), प्रमुख सल्लाहाकारमा तारा प्रकाश बुढा मगर र सल्लाहकारमा राजेन्द्र श्र्ेष्ठलाई मनोनित गरेको छ ।

नयाँ कार्यसमितिको पहिलो बैठकले रोल्पा अपांग मैत्री सहयोगार्थको लागि नजिकदै गरेको रोल्पाली म्युजिकल नाईटलाई भव्यताका साथ सफल गर्ने निर्णय गरी सम्पन्न गरेको छ । डिसेम्बर २ तारिखका दिन कार्यक्रम तय गरेको सो कार्यक्रममा नेपाल आईडल सागर आले मगर लगायत चर्चित कलाकारहरु को भिजा आवेदन प्रकृया शुरु भईरहेको समाजले जनाएको छ ।

नयाँ कार्यसमिति सदस्यहरूको नामावली:

१) टेकम ओली २) नन्द किशोर बुढा मगर ३) राम सिङ रोका मगर ४) घनश्याम ओली ५) सुजन बुढा मगर ६) दिनेश बुढा मगर ७) राजेन्द्र बुढा मगर ८) कमान सिह ओली ९) प्रेम प्रकाश ओली १०) शान्ती रोका मगर ११) प्रेम रोका मगर १२) मिश्रा घर्ती मगर १३) टेकेन्द्र विक्रम शाही १४) पूर्ण बहादुर बुढा मगर १५) शेर बहादुर घर्ती मगर १६) विरेन्द्र् डांगी १७) विरेन्द्र घर्ती मगर १८) कल्याण विक्रम रिजाल

     


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.