बहु प्रतिक्षित चलचित्र छक्का पन्जा ३ जापानको २१ स्थानमा प्रदर्शन हुने,निर्देशक भट्टराइ विबाह बन्धनमा

Everest Fuji News २०७५ कार्तिक १० मा प्रकाशित       Published at 2018 Oct 27


टोकियो । भर्खरै सुर्य इन्टरनेशनल एवार्ड सम्पन्न गरेको सुर्य इेन्टरनेशनल कम्पनीले छक्का पन्जा -३ चलचित्र जापान भर प्रदर्शन गर्ने भएको छ । दिपाश्री निरौलाद्वारा निर्देशित छक्का पन्जा , १ र २ को अपार सफलतापछी ३ पनि दर्शकहरुले रुचाइएका प्रतिकृयाहरु फेसबूकहरुमा आएका छन ।

दिपा र दिपकद्वारा निर्मित नायकमा दिपकराज गिरी  आफैले अभिनय गरेका छन भने उनलाई नायिकामा दिपिका प्रसाइले साथ दिएका छन । अन्य ख्यातिप्राप्त कलाकारहरुको पनि अभिनय हेर्न सकिन्छ । छक्का पन्जा -३ ले नेपालको अस्वस्थ्य राजनैतिक अवस्थाले शिक्षा क्षेत्रलाई पारेको प्रभावलाई पर्दामा आकर्षक ढंगले चित्रण गरेको छ । नोभेम्बर १८ आइतवार मेगुरो कुमिन सेन्टरमा, त्यस लगत्तै जापानको बिभिन्न २१ ठाउँहरुमा प्रदर्शनी हुने कर्पोरेशनका अध्यक्ष बासुदेव लामीछानेले एबरेष्ट फुजी न्युज डट कमलाई बताउनु भएको छ ।

सम्पर्कको लागि - सुर्य कर्पोरेसन लिमिटेड ‭Phone :03 6265 9445‬ Fax :03 6265 9446‬ Mobile : 080 9805 2008 / 080 9055 8281

निर्देशक भट्टराई र नायिका प्रसाइ विबाह बन्धनमा ..

छक्का पञ्जा ३'की अभिनेत्री दीपिका प्रसाईंले निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी छन्। दुबैले शनिबार बिहान आ-आफ्नो फेसबुकमा 'ऊ मेरो', 'ऊनी मेरो" भन्दै एउटै प्रोफाइल तस्विर राखेका छन्।

उनले करिब एकवर्षअगाडिदेखि आफूहरू कानुनीरूपमा पतपत्नी भएको पनि खुलासा गरेका छन्।

'ऐश्वर्या रिलिज पछि कोर्टम्यारिज गरेका दिवाकरले , 'पारम्परिक विवाह भने केहि समयपछि हुने बताएका छन ।

दुई महिना अगाडिनै उनीहरूले पारिवारिक उपस्थितिमा 'इन्गेजमेन्ट' गरेका हुन्।

दुबै जना आज अपरान्ह एकसाथ छुट्टी मनाउन बैंकक जाँदैछन्।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.