टोकियो।
नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले हरेक वर्ष झैं यस वर्ष पनि म्ह: पूजा तथा नेपाल सम्बत शुभकामना आदन प्रधान कार्यक्रम आयोजना गर्ने भएको छ । नेपाल एक बहु- भाषिक, बहु-जाति, बहु-संस्कृतिले सम्पन्न देश हो । त्यस मध्य विभिन्न संकृतिले धनि नेवार समुदयाको स्वन्ती (तिहार)अथवा म्ह पूजा एक ठूलो पर्व हो । म्ह: पूजा अर्थात आफ्नो जिऊ शुद्द गर्ने , रोग व्याद आदी नलागोस् भन्ने हेतुले आफु लगाएत घरका सबै परिवारको शरिरको पुजा गर्ने गरिन्छ ।
जापान टोकियोमा पनि नेवारहरूको पुरानो संस्था नेवा: अन्तर्राष्ट्रिय फोरम जापानले आफ्नो स्थापना काल २००३ साल देखि हरेक वर्ष म्ह: पूजा आयोजना गर्दै आएको छ र त्यसैको निरन्तरतास्वरूप यस वर्ष पनि गर्दैछ । आफ्नो परम्परालाई विदेशमा पनि जीवत राख्ने , जापानी लगायत अन्य समुदयाको व्यक्तिहरूलाई आफ्नो परम्परा परिचय गराउने साथै आफ्ना सन्ततीहरूलाई आफ्नो मातृ संकृति चिनाउदै लग्ने यस कार्यक्रमको प्रमुख उदेश्य रहेको फोरमका महासचिव शिव तण्डुकारले बताउनुभयो ।
नेपाली लगायत अन्य बिदेशीहरूको बाक्लो वसोवास भएको कोतो कु स्थित कितासुना दान्चीको हलमा नोभेम्वर १० तारिकको दिन म्ह: पूजा आयोजना हुँदैछ र सहभागीताको लागि जापानवासी नेपालीलाई आह्वान पनि गरिएको छ । सामुहिक म्ह: पूजा हुने भएकोले सहभागी प्रत्यकलाई मण्डप तयार गरिनेछ र त्यसको लागि ४ नोभेम्वर सम्म संस्थाको पदाधिकारीलाई सम्पर्क गरी अग्रिम बुक गर्नुपर्नेछ ।
मण्डप बुकिङको लागि मोबाईल नं ०८०-६५५५-६६६७, ०७०-१२११-१५०२, ०८०-८९६५-३३११ मा सम्पर्क गर्नहुन अनुरोध सहित अग्रिम बुकिङ नगरी सिधै कार्यक्रममा आउदा मण्डप उपलब्ध गराउन नसक्ने हुनसक्ने संस्थाको अध्यक्ष दीपरत्न शाक्यले जानकारी दिनुभयो ।

त्यसै दिन नेवारहरूको नयाँ वर्ष नेपाल सम्बत पनि सुरू हुने भएकोले नयाँ वर्षमा सुख, स्वास्थ र शान्तिको कामना गरी एकआपसमा शुभकामना आदन प्रदान गरिने कार्यक्रम पनि हुनेछ । नेवारी परिकार खादै, पिउदै ,नाँचगान गरी हर्षोल्लासका साथ मनाइने यो चाड, जापानमा त्यसै गरी आयोजना गर्दा नेपालमै म्ह: पुजा मनाएको जस्तो अनुभव भयो भनी खुशी व्यक्त गर्ने धेरै सहभागीहरू हुनुहुन्छ - गत वर्षको अनुभव सम्झदै आयोजक संस्थाको कोषाध्यक्ष रवि श्रेष्ठले बाताउनुभयो । ●मिति : १० नोभेम्वर, शनिवार ●समय : दिउसो २ बजे बाट ●स्थान : कोतोकु कितासुना ५ चोमे दान्ची २०-१, बिल्डिङ नं १
(फाईल फ़ोटो)