नेपालको परराष्ट्र नीति एकै हुनु जरूरी: नेता पौडेल

Everest Fuji News २०७५ कार्तिक ८ मा प्रकाशित       Published at 2018 Oct 25


टोकियो । निजी भ्रमणको सिलसिलामा जापानमा रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले सबै राजनीतिक दलहरूको परराष्ट्र नीति एकै हुनुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासंघ-जापान शाखाले आज बिहीबार टोकियोमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले सबै देशलाई हेर्ने दृष्टिकोण सबै राजनीतिक दलको एकै भएमा मात्रै नेपालको आफ्नै पहिचान स्थापित गर्न सकिने बताए । “नेपाललाई समृद्ध बनाउने हो भने युवा अनि दक्ष जनशक्तिहरूलाई पलायन हुनबाट रोक्न सक्नुपर्दछ”, पौडेलले भने,”समृद्ध र विकसित राष्ट्रको आधुनिकीकरण गर्ने पनि मान्छे नै हुन, त्यसैले हामी नेपालीले गर्न नसक्ने भन्ने केही छैन् ।” उनले नेपालमा जापानको विकास, प्रविधि र जापानी पर्यटक भित्र्याउन सके नेपालको विकास र समृद्धिमा टेवा पुग्ने बताउँदैं यसको लागिजापानवासी नेपाली र सरकारीस्तर दूतावासबाट जति प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने थियो,त्यो नभएको जस्तो देखिएकाले नेपाली दूतावासबाट जापानको विकास ,कूटनीतिक सम्बन्ध सुधार गरेर जानु पर्ने देखिएकोमा जोड़ दिए । उनले अहिलेको सरकारले काम होइन, कुराहरू मात्रै ठूलो गरेको आरोप लगाउँदै राम्रा काम गर्नका लागि नेपाली काँग्रेसले सरकारलाई बाधा-अवरोध नगरेको दावी गरे । “हामीले ज़िम्मेवार प्रतिपक्ष भएर नराम्रा काम र दुई तिहाईको नाममा मनपरी नगर्न सरकारलाई खबरदारी मात्र गरिरहेका छौं”, पौडेललले भने,”काँग्रेसमा पनि आन्तरिक सुधारको आवश्यकता देखिएको छ र हामी त्यसलाई सच्याउँदै जाने क्रममा छौं ।” जापानको शासन विधि, प्रविंधि र समृद्धिको आधार बुझ्न सकियो भने नेपालमा पनि धेरै विकास गर्न सकिने पौडेलको विश्वास थियो । नेपाल पत्रकार महासंघ-जापानका अध्यक्ष मोहन घलेको अध्यक्षतामा भएको सो पत्रकार भेटघाट कार्यक्रमलाई सचिव ऋतुकुमार दुराले संचालन गरेका थिए ।५ दिने निजी भ्रमणमा रहेका पौडेलको भोलि शुक्रवार बिहान नेपाल फर्कने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.