जापानमा नेपाली दूतावासले प्रभावकारी भूमिका खेल्न सकेन : नेता पौडेल
Everest Fuji News२०७५ कार्तिक ८ मा प्रकाशितPublished at 2018 Oct 25
टोकियो । निजी भ्रमणको लागी जापान आउनु भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले नेपाली राजदूतावास टोकियोले जापानी पर्यटक नेपाल भित्र्याउन प्रभावकारी भूमिका खेल्न नसकेको बताउनु भएको छ ।
नेपाल पत्रकार महासंघ जापानले टोकियोमा बिहिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले सो कुरा बताउनु भएको हो ।
कार्यक्रममा बोल्दै नेता पौडेलले नेपालमा जापानको विकास, प्रबिधी र जापानी पर्यटक भित्र्याउन सके नेपालको विकास र समृद्धि हुने बताउदै यसको लागी जापानवासी नेपाली र सरकारीस्तर दूतावासबाट जती प्रभाकरी भूमिका खेल्नु पर्ने थियो त्यो नभएको जस्तो देखियो त्यसैले दूतावासबाट जापानको विकास ,कूटनीतिक सम्बन्ध सुधार गरेर जानु पर्ने सुझाव दिनुभयो ।
नेपालको अन्तराष्ट्रीय नीति स्पष्ट नभएकोले नेपालमा विदेशीहरूले स्वार्थ अनुसार काम गरिरहेको बताउदै भारत,चीन र अन्य मुलुकलाई नेपालले हेर्ने दृष्टिकोण स्पष्ट बनाउन ज़रूरी रहेको बताउनु भयो ।
दूतावासले कूटनीतिक मात्र हैन जापानको बिकास,प्रबिधि नेपाल लान प्रभावकारी भूमिका खेल्न सक्नु पर्ने धारणा रख्नु भयो ।
जापानको प्रबिधि ,बिकास अनुकरण गर्न सके नेपालको केहि हदसम्म माथी उठने बताउनु भयों ।
महासंघको अध्यक्ष मोहन घलेको सभापतित्वमा सम्पन्न पत्रकार
भेटघाट कार्यक्रम सचिव ऋतुकुमार दुराले संचालन गरी सम्पन्न भएको थियो ।