प्रेमिला गौचन टोकियो, जापान। बिहिवार , कार्तिक ८ । गत वर्ष जस्त्तै यो वर्ष पनि रोल्पालिहरुसँग दशै मनाउने अवसर मिलेको छ । गत वर्ष जस्तै रोल्पालीहरु टिका र जमराका साथ आफ्नो घर देशको माया परदेशमा परिवारसँग छुट्टीएको सन्नाटा मेटाए ।

त्यसो त दशैको लागि जापानमा बिदा मिल्दैन , यसका लागि कि त १ महिना पहिले नै बिदाका स्केजुल मिलाउनु पर्छ , कि त दिन भर काम गरेर आएको थकित शरीर सँग दशै मनाउनु पर्छ । तै पनि गतसाल टिकाको दिनमै टिका लगाउने मेसो मिलेको थियो भने अहिले दशमीको दिनमा यस पन्तिकारलाई जुठो ( टिका लगाउन नमिल्ने ) परेकोले स्थगित गरिएको तर कोजाग्रत पुर्णिमाको अघिल्लो दिन चोखिएकोले टिका ग्रहण कार्यक्रम रोल्पा समाज जापानका अध्यक्ष बेन्जन बुढा मगरको व्यवस्थपनमा राखिएको थियो ।

यद्दपी दशमीको दिनमा त उनिहरु आ आफ्नै पनि टिका सँग शुभकामना आदान प्रदान गरेका थिए । यसै त विदेश भुमी , त्यो पनि रोल्पाली सँग .,दसैं चाड एउटा ईतिहास नै छ । करिव डेड दशकसम्म दसैंलाई वहिस्कार गर्नु पर्छ भन्दै जुन माओवादी जनयुद्दको एजेण्डा थियो , जो जनयुद्दकालमा १७ हजार नेपालीहरुले आहुती दिएका थिए । तर माओवादी शान्ती वार्तामा आएपछी सरकारमा पनि प्रतिनिधित्व गरे । भूमिगत जीवनशैलीसँग समग्र आम नेपालीको परम्परागत मुल्य र मान्यतालाई पनि मान्नै पर्ने वाध्यात्मक परिस्थिती सृजना भएको थियो । हुन पनि परिवारसँग बाधी राख्ने त चाडवाड नै हो ।
यद्दपी गत साल प्रचन्डले प्रकाश पुत्रलाई दसैंमा पहिलो पटक टिका लगाएको तस्विर एकाएक स्वदेश तथा विदेशमा भाईरल भएका थिए ।
आखिर त्यो टिका आफ्नो छोरा सँग पहिलो र अन्तिम नै हुन पुग्यो । प्रकाश आफ्नो वाबु आमासँग टिका , जमरा लगाएकै सालमा हृदयघातका कारण मृत्यु भएका थिए।
यो सन्जोग नै भन्नु पर्छ प्रचन्डले पहिलो पटक दशै मनाएको सालमा यस् पन्तीकार पनि जापानमा रोल्पालीहरुको अभिवावक स्वरुप दसैं मनाउने अवसर प्राप्त भएको थियो । म पनि जापानमा परिवार विहिन नै जापानमा बस्दै आएको छु ।

रोल्पालीहरुलाई टिका लगाए पछी जुन अभिवादन गर्दा आफ्नै दिदी आमालाई जस्त्तै गरी खुट्टामै ढोग दिन्छन । यसले गर्दा पनि रोल्पालीहरुको सँग झन सामिप्य बढ्दै आएको हो । विदेश भूमिमा दशमीको दिनमा अभिवावक समानसँग टिका तथा आशिर्वाद नलिए दशै खल्लो हुने सेम्मोन गाक्कोमा द्वितिय वर्षमा अध्ययनरत क्षितिज मगरको भनाइ छ ।
त्यस्तै एक प्रतिष्ठित कम्पनीमा कार्यरत शबिन मगरले हामीले तपाईंलाई एउटा अभिवावक दिदी जस्तो मानेकोले गतसाल दशै तिहारमा टिका लगाय जस्तै अहिले पनि टिका लगाएर आफुलाई परिवार विहिन अनुभव बनाउन चाहेको आशय व्यक्त गरे ।त्यस्तै पहिलो पटक मेरो हातबाट टिका लगाएका टिका डाङगीले पनि खुट्टा मै ढोग गरेर टिका थापे । यसले गर्दा झन कस्तो आत्मियता बड्दो रहेछ ।

त्यस्तै गायन र नृत्यमा विषेश रुचि राख्ने पूर्ण घर्ती मगर र उद्घोषणमा दखल राख्ने टेकम ओली पनि पुर्णिमाको दिनमा भय पनि टिका , जमराका साथ आशिर्वाद थाप्द्दा आफुलाई हर्शोल्लश र भाग्यमानीको महसुस भएको बिचार व्यक्त गरेका थिए । अध्यक्ष बेन्जन बुढा मगरले समेत 'तपाईं दिदी भए पनि आमा समान हुनु हुन्छ' भन्दै खुट्टा मै ढोग गरी टिका कार्यक्रम समापन गरेका थिए । हिन्दू धार्मिक परम्परा अनुसार सम्पन्नताकी देवी महालक्ष्मीको पूजाराधना गरी कोजाग्रत पूर्णिमा हिजो मनाइ सम्पन्न गरेको छ ।
आश्विन शुक्ल प्रतिपदाका दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दशैँ पर्व कोजाग्रत पूर्णिमाका दिन समापन हुन्छ । कोजाग्रातको अर्थ ‘को जागेको छ’भन्ने हो ।
हिजोको दिन सायंकालमा महालक्ष्मीको पूजाराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।
माता दुर्गाका तीन रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर दुर्गा पक्षलाई बिदा गरिन्छ ।


नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जनाएको छन् । रोल्पा समाजका अध्यक्ष बेन्जन बुढा मगरले व्यवस्थापना गरेको सो कार्यक्रममा उहाले समेत 'तपाईं दिदी भए पनि आमा समान हुनु हुन्छ' भन्दै खुट्टा मै ढोग गरी टिका कार्यक्रम समापन भएको थियो ।








