चसिला तामाङ/ जापान,आफ्नो छोराको अन्तिम अनुहार हेर्ने बुबा आमाको अन्तिम इच्छा अनुसार गत सोमबार उक्त रक्त चापका कारण मृत्यु भएका मृतक स्व. रमेश तामाङ पार्थिब शरीर लाई नेपाल मै लाने भएको छ | मृतक रमेश तामाङको नजिकको आफन्त कोही नभएको कारण अहिले सम्म यस कार्यको जिम्मा नेपाल तामाङ समाज जापानले हेर्दै अाइरहेको छ | यसै शिलशिलामा आज समाजको अध्यक्ष कर्मा वाङ्गेल लामाको सम्वन्यमा नेपाली राजदुताबास जापानका कार्यबाहक राजदुत श्री कृष्णचन्द्र आर्यल र जापानमा रहेको बिभिन्न संघ सस्थाहरूको प्रधिनिधिहरूको उपस्थितिमा स्व• रमेश तामाङको पार्थिब शरिर नेपाल सम्म पठाउन जापानिज् कम्पनी Santoku Funeral Parlor Co.Ltd संग सहमति गरिएको छ। उक्त सहमति सँगै जापानिज कम्पनी Santoku Funeral Parlor Co.Ltd ले रमेश तामाङको पार्थिब शरीरलाई २३ तरिख टोक्यो बाट २४ तरिखमा नेपाल पुर्याउने पक्का भएको छ। स्व. रमेश तामाङ् को आर्थिक अवस्था कमजोर भएको करणले पार्थिब शरीर नेपाल लानको लागि जापानमा रहनुहुने सम्पूर्ण जापानबसी नेपालीहरुलाई सहयोगको लागि आव्हान गरिरहेको हुनाले जापानमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरू साथै बिभिन्न संघ सस्थाहरूलाई आर्थिक सहयोग 22 तारिखको 12 बजे सम्म नेपाल तामाङ समाज जापानको खाता १०११० ७८७६३५११ मा फुरिकोमी गरिदिनु हुन सम्बन्धित सबैमा तामाङ समाज, जापान ले हार्दिक अनुरोध समाजको अध्यक्ष लामाद्वारा हास्तक्षारित प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ