'जापानमा तपाईंले घर किने पनि आखिर तपाईं नेपाली नै हो ' युवा नेता प्रदिप पौडेल -

Everest Fuji News २०७५ कार्तिक ४ मा प्रकाशित       Published at 2018 Oct 21


प्रेमिला गौचन ओक्टुवर, २१ आइतवार टोकियो , जापान । जापान भ्रमणमा रहेका प्रभावशाली नेता प्रदिप पौडेलले एक कार्यक्रमलाई सम्बोधन गर्दै ' जापानमा तपाईंले घर किने पनि आखिर तपाईं नेपाली नै हो ' भन्दै पौडेलले नेपाली विश्वको कुनै पनि राष्ट्रमा रहे पनि आखिर नेपाली नै हुन्छ , किनकी तपाईं जुन देशको सुविधा सम्पन्न सहित जीवन यापन गरे पनि आखिर उसले नेपालीको नै दर्जा दिने भएकोले आफ्नो मातृभूमि प्रतीको कर्तव्य  पनि भुल्न नहुने सुझाव दिए ।

विधान संसोधन समितिका सदस्य समेत रहेका पौडेलले विदेशमा जो बाध्यतावस पलायन भएका युवा शक्तिलाई विदेशबाट पनि लगानी गर्न , कम्पनी खोल्नको लागि सरकारले सरलिकरण निती ल्याउनु पर्ने जिकिर गर्दै विदेश स्थित राजदुतावासले प्रभावकारी भूमिका खेल्नु पर्ने अन्यथा राज्यको ढिकुडी मात्रै सकिने ठोकुवा गरे । नेता पौडेलले अहिले सम्म ४२ वर्षको उमेरमा २७ वर्ष सकृय रानीतिमा लागेको र अबका २७ वर्षमा जीवन नै अन्त्य हुने भएकोले विदेशमा जो विभिन्न क्षमतावान युवाहरु छन , राज्यले सम्बोधन गर्न सक्नु पर्छ ' पौडेलले प्रष्ट्याए । ' ओली सरकारले पानी जहाज र रेलको सपना देख्नु नराम्रो होइन तर त्यसको लागि कम्तिमा पनि ५ वर्ष अध्ययन हुनु जरुरी भएको औल्याउदै हचुवाको भरमा जनतालाई झुटो आश्वासन नदिन पनि सुझाव दिए । किनकी केरुङ्बाट काठमान्डौसम्मको रेलमार्ग निर्माणको लागि ४५०० मिटर अग्लो पहाडको अध्ययन गर्न समय लाग्ने बताए ।

भारत र चीनले जो नेपालमा रेलमार्ग निर्माण गर्ने आस्वासन दिएको छ, त्यो नेपाललाई भन्दा भारत र चीनलाई लाभदायी छ, किनकी उनिहरुले व्यापारीक चहल पहल बढाउनको लागि नेपालको भूमि प्रयोग गर्न चाहन्छ ' यस्तो कुटनीतिक विचार व्यक्त गर्दै उहाले सन १९५० भन्दा पहिले नेपालीको भन्दा जापानीको आर्थिक अवस्थामा खस्कदो रहेको परिप्रेक्षमा देश विकासको लागि जापानीले जस्तै संकल्प लिए जे पनि सम्भव हुने बताए । कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी वक्ताले ' तपाईंहरु युवा नेताले देशको सिमा दिन प्रती दिन मिचिएको छ , विविध राष्ट्रघातका निर्णयहरु भएका छन , तपाईंहरु किन चुप लागेर बस्नु हुन्छ ? को उत्तर दिदै नेता पौडेलले 'मधेशमा सिके राउतले छुट्टै राज्य बनाउछु भन्दै हिंडेको अवस्थामा पनि राज्य टुलु टुलु हेर्न वाध्य भएको बताए । अहिले विश्वको सबभन्दा राम्रो सन्विधान नेपालमा बनेको जिकिर गर्दै उहाले अमेरिकामा पनि महिलालाई न्युन अवसर छ , भारतमा १३% मात्रै महिलालाई आरक्षण छ , तर नेपालमा भने ३३% महिलालाई आरक्षण दिएको बताउदै उहाले अहिलेको २ तिहाइ बहुमत सरकारले ८ महिनाको अवधिमा पनि प्रभावकरी काम गर्न नसकेको आरोप पनि लगाए ।

 

नेपाली काँग्रेसको जापानस्थित भ्रात्तृसंगठन नेपाली जनसम्पर्क समिति जापानको आयोजनामा भएको सो कार्यक्रममा टोकियोमा आइतवार आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै 'योग्य मतदाताले मात्र योग्य नेतृत्व छान्न सक्छन्’ - नेता पौडेलले भने - ’बिदेशमा बस्ने नेपालीहरुलाई मुलुकको राजनैतिक मुलप्रवाहमा सरिक गराउन आवश्यक छ ।’ नेपाली विद्यार्थी संघका पूर्व अध्यक्षसमेत रहेका नेता पौडेलले लोकतन्त्रका लागि नेपाली काँग्रेसले इमान्दार भूमिका निर्बाह गरेकोले लोकतन्त्रको इतिहास भनेकै नेपाली काँग्रेस र नेपाली काँग्रेसको इतिहास भनेकै लोकतन्त्र भएको जिकिर गरे । मुलुकको समृद्धिमा युवाहरुको सहभागिता अनिवार्य रहेको धारणा ब्यक्त गर्दै नेता पौडेलले युवा पलायनलाई रोक्न देशभित्रै रोजगारीका प्रशस्त अवसरहरु सिर्जना गरिनुपर्ने अबको चुनौती रहेको बिचार ब्यक्त गरे । उनले भने - नेपालमा प्रशस्त संभावना र अवसरहरु छन्, त्यसको लागि राजनीतिले सही दिशा निर्देश गरिनुपर्ने र बिदेशमा रहेका युवाहरुमा पनि मुलुक निर्माणप्रति आफ्नो कर्त्तब्यबोध हुनुपर्ने बताए ।

 

नेता पौडेलले यसअघि जापान आउँदा प्राविधिक कारणले अध्यागमनबाट फर्कनुपरेको बिषयलाई आफ्नो कमजोरीकारुपमा नलिईदिन पनि आग्रह गरे । आफुलाई स्पोन्सर गर्ने मित्र सो बखतमा जापानबाहिर भएको कारण अध्यागमनले प्रवेशमा रोक लगाएको स्पष्ट पारे । अन्तरक्रिया कार्यक्रममा जापानमा क्रियाशील बिभिन्न राजनैतिक पार्टीका भात्तृसंस्था तथा अन्य सामाजिक संघसंस्थाका प्रतिनिधीहरुले पनि बोलेका थिए ।

नेपाली जनसम्पर्क समिति जापानका कार्यबाहक सभापती पिताम्वर चापागाईको सभापतित्व सम्पन्न सो कार्यक्रममा उपसभापती रामकृष्णबम मल्लको स्वागत मन्तब्य र महामन्त्री रामजंग कार्कीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार



Copyright © 2024 News. All Rights Reserved.