प्रवास मनोरञ्जन - October 16, 2018
सधै भैरहने कार्यक्रम भन्दा भिन्न कार्यक्रम न प्रमुख न अतिथि न सभापती न कोही तोकिएको ब्यक्ति अथिति,कार्यक्रम सञ्चालक पुरुषोत्तम लामिछाने मञ्चमा आउँछन,संक्षेपमा कार्यक्रमको बारेमा जानकारी दिन्छन् र आयोजकको तर्फबाट कार्यक्रम संयोजक महेश कुमार कटवाल स्वागत ब्यक्त गर्छन ।

कार्यक्रममा उपस्थित मध्यका एक दिनेश श्रेष्ठले नेपाललाई सम्झदै खानपानलाई सुरुवात गर्छन,र उपस्थित सबैले एक आपसमा शुभकामना साटासाट गर्दै खानपान अगाडि बढाउँछन।यसरी भन्दै प्रकारले सुरु हुन्छ कान्साइ नेप्लिज सोसाइटीले ओसाकाको तेन्नोजीमा अवस्थित वाली टावर होटल एण्ड रिसोर्टमा आयोजना गरेको दशैंको शुभकामना आदान प्रदानको विशेष कार्यक्रम।
समयको माग सँगै औपचारिक रुपमा फूलमाला वा कार्यक्रमको उद्घाटन बिना यो कार्यक्रम सुरुवात हुन्छ र निरन्तर दुईघण्टा सम्म चलिरहन्छ मनोरञ्जनको शृंखला।कान्साइ नेप्लिज सोसाइटीले आयोजना ओसाकामा आयोजना गरेको कार्यक्रमको झलक हो यो।

कार्यक्रममा राम महर्जनको बासुरी बादनमा नेपालका शास्त्रीय धुनका साथमा लोकप्रिय गीतहरू बजेका थिए भने,मनोज प्रतिक गुरुङको गीतले उपस्थित दर्शकहरुलाई नाच्न बाध्य बनाएको थियो। गायक दुर्गा मरासिनीको गीत सँगै सुरुभएको रमाइलो कार्यक्रममा नेपाली नाम प्रकृति भएकी एकजना जापानीले गरेको नृत्य निकै आकर्षक रहेको थियो।
७नेपाली परिकार सहितको खानपान रहेको उक्त कार्यक्रमको अन्त्यमा मनोरञ्जनका लागि बिङगो खेल समेत समावेश गरिएको थियो। अन्तमा नेपाली गीत संगीतमा नृत्य गर्दै कार्यक्रम समाप्त भएको थियो।कान्साईमा रहेका नेपालीहरुलाई समेटेर विशेष प्रकारले आयोजना गरेको कार्यक्रमको उपस्थित सबैले प्रशंसा गरेका थिए।
