पोखरा । जापान लगिदिने भन्दै अन्तरवार्ता लिईरहेका दुई जनालाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरिएको छ । ठगी गर्न लागेको सूचना पाएपछि कास्की प्रहरीको टोलिले उनीहरुलाई पक्राउ गरेको हो ।
दर्ता नै नभएको ‘एभेन्चर ह्युमन रिसोर्स’ नामक संस्थाबाट जापान पठाउने भन्दै अन्तरवार्ता लिँदै गरेका स्याङजा आँधीखोलाका ५१ बर्षिय भगवान खड्का र कास्की रुपा गाउँपालिकाका निरज खनाल पक्राउ परेका हुन् ।
