टोकियो-
ओक्टुवर- १४ , आइतवार ।पूर्वी नेपाल विकास सहकार्य विकास सहकार्य केन्द्र जापानको आयोजनामा आर्इतबार टोकियोमा सम्पन्न दोश्रो डान्स फर द टार्इटलको उपाधी बालाजुकी सपना तामाङले हात पारेकी छन।
प्रतियोगितामा सहभागि १२ सहभागीहलाई पन्छाउदै 'ए भेना यो साल' गीतको प्रस्तुति दिएकी सपनाले उपाधीसंगै नगद एकलाख येन हात पारिन। यस्तै नेपाली मिक्स गीतमा नृत्य गरेकी उदयपुरकी मीरा दनुवारले दोस्रो रनरअप हुदै नगद पचास हजार येन हात पारिन भने बनेपा काभ्रेकी नवीना दाहालले ' गाँउकी गोरी ' गीतमा नृत्य प्रस्तुति गर्दै नगद तीस हजार येन जितिन।
सान्त्वना पुरस्कार पाउने अन्य कलाकारहरु अन्सुका सुबेदी, रन्जिता कुँवर, मिरा थापा, अलेक्स कडेल्, उमा तमाङ, राज कुमार माझी, लीला तामाङ, सम्झना प्रेरिका बल र सृष्टि ठकुरी थिए। आयोजकका तर्फबाट भुपी गोविन्द श्रेस्ठले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन शिक्षा शान्ति वाइवाले गरेकी थिइन ।
नाकानो जिरो हलमा सहभागी दर्शकहरू माँझ विभिन्न गीतमा उत्कृष्ठ प्रस्तुति दिने सहभागिहरूलार्इ उपहार प्रदान गरिएको थियो। प्रतिस्पर्धीहरूको नृत्यमा निर्णायकहरू राजेश केसी र अरमान गुरूङले दर्शकहरूको रोजार्इसंगै आफ्नो निर्णय सुनाएका थिए।
संस्थाका अध्यक्ष सुभाष लोहनीको सभापतित्वमा भएको कार्यक्रममा टोकियो स्थित नेपाली राजदूतावासका तृतिय सचिव प्रेमप्रसाद बराल लगायतले विजेताहरूलार्इ पुरस्कारहरू प्रदान गर्नुभएको थियो।



