टोकियो, असोज-२०,शनिवार । थ से स लाई सकृय बनाउन सोम भट्टचनको सँयोजकतामा शिन कोइवा स्थित बलिङ सेन्टरमा अन्तरचन बलिङ प्रतियोगिता सम्पन्न भएको छ । थ से स जापानको आयोजनामा भएको यस चारचन प्रतियोगितामा शेरचन समुह १७१९ अंक सहित विजयी भएको छ । ३ चरणको खेलमा हरेक समुहबाट ४ जना खेलाडीहरुले सहभागि रहेको खेलमा दोश्रो गौचन (१७१२ अंक ),तेश्रो भट्टचन (१६७८ अंक ) र सान्त्वना पुरस्कार तुलाचनले १४७१ अंक प्राप्त गर्न सफल भएका थिए । सन २००० मा पनि सोम भट्टचनकै सँयोजकतामा बलिङ प्रतियोगिता सम्पन्न भएको थियो , भने गत आइतवार सम्पन्न भएको सो प्रतियोगितामा पनि उहाकै सँयोजकतामा सम्पन्न भएको । बलिङ खेलमा दखल राख्ने भट्टचन यस प्रतियोगितामा ५२९ अंक ल्याउन सफल हुनु भएको छ । उहालाई सर्वोकृष्ट खेलाडी घोषित गर्दै एक मान नगद सहित प्रसंसापत्रले सम्मान गरेको थियो ।
थ से स जापानको २००० मा बलिङ प्रतियोगिता र २००१ मा फेशन शो -
सन २००० मा सोम भट्टचनको संयोजकतामा बलिङ प्रतियोगिता भए पश्चात बिश्राम लिएको यस खेलले बल्ल गत आइतवार मात्रै प्रतियोगिता गरेको छ । नेपालमा भर्खरै फेशन शो भित्रिए सङ्गै तिनै थकालीको प्रवेश सङगै फेशन शो पनि भित्त्रयाएका थिए । थ से स जापानका अध्यक्ष बुद्दी गौचनका अनुसार सन २००१ मा अन्तरचन महिला फेशन शो प्रतियोगितता भव्यताका साथ सम्पन्न भएको थियो ।
