विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि जापान सरकारकाे अनुदान
Everest Fuji News२०७५ आश्विन २० मा प्रकाशितPublished at 2018 Oct 06
जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (२०१८÷१९) का ३० करोड ८० लाख नेपाली रुपैयाँ अनुदान दिने भएको छ।
जापन सरकारले सदिने उक्त अनुदान सम्बन्धि सम्झौतामा आज हस्ताक्षर भएको छ। उक्त सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र जापान सरकारको तर्फबाट मासाीमची साइगोले हस्ताक्षर गरेका छन्।
अनुदान सहयोगबाट नेपालमा मानव पुँजी निर्माण हुने र त्यसले दिगो विकास लक्ष्य हाँसिल गर्नमा सहयोग पुग्नेगरी कार्यक्रम बनाइएको नेपालका लागि जापानी राजदुत मासाीमची साइगोले बताए।
विद्यालय क्षेत्र विकास कार्यक्रमले नेपालको शिक्षा क्षेत्रमा आवस्यक जनशक्ती विकास गर्न सघाउ पु¥याउने भएको उनको भनाइ छ।