नेपालका चर्चित पत्रकार रबी लामिछानेलाई जापानको नारिता एयरपोर्टमा भव्य स्वागत गरेको छ ।

शुक्रबार नेपाल पत्रकार महासंघ जापान शाखाको तेश्रो साधारणसभाको अवसरमा पत्रकार महासंघको स्मारिका ‘प्रवास पत्रकारिता-२’ तथा पत्रकार रवी लामिछानेसँग बृहत् अन्तरक्रिया कार्यक्रमका लागि आएका पत्रकार लामिछानेलाई स्वागत गरेको हो ।
नारिता एयरपोर्टमा शुक्रबार बिहान पत्रकार रवी लामिछाने,सीधाकुरा जनतासँगको कार्यक्रम उत्पादक दीपक बोहरा,ईजीलिंक रेमिटका कार्यकारी अधिकृत डीपी अर्याललाई पत्रकार तथा जापानवासी नेपालीहरूले स्वागत गरेका हुन ।
मध्यान्ह एक बजेबाट टोकियो शिनओकुवोस्थित सोलमारी सभा हलमा हुने महासंघको तेस्रो साधारणसभा हुने छ । कार्यक्रममा महासंघका सल्लाहकार,पार्षद, कार्यसमिति पदाधिकारीहरू तथा जापान शाखामा आवद्ध पत्रकारहरुको विशेष सहभागिता हुने छ।
