प्रेमिला गौचन ,
जापानको टोकियो स्थित नेपाली जनघनत्व बढी भएको शिन अकुबोको व्यवसायीहरु संगठित भएका छन ।मुख्यतया : रेष्टुरेन्ट व्यवसायीहरु संगठित भए सङ्गै यसमा रेमिट्यान्स ,ट्राबल ,रियल स्टेट , खुद्रा व्यापारी ( हलाल फुड ) , डिजाइनरुलाई पनि समावेस गरिएको छ ।
सेप्टेम्बर १६ तारिखको पहिलो अधिबेशनले विगत ३० वर्षदेखी जापानमा सफल व्यवसायी गर्दै आएका विजय थकालीको अध्यक्षतामा १९ कार्यसमितिको चयन गरेको छ ।

जसमा वरिष्ठ उपाध्यक्षमा ददिवाल खड्का ,उपाध्यक्षमा सन्जीव पोखरेल ,महासचिवमा पुष्कर जंग थापा ,सचिवमा बाबुराम पौडेल, कोषाध्यक्षमा नर बहादुर थापा , सह - कोषाध्यक्षमा जीवन गुरुङ चयन भएका छन ।
राष्ट्रिय गीतबाट सुरु गरिएको यस कार्यक्रमको स्वागत मन्त्यब्य विगत १७ वर्षदेखी नै यही क्षेत्रमा मिलन नामक रेष्टुरेन्ट गर्दै आएका नर बहादुर थापाले गरेका थिए भने संस्थाको औचित्यको बारेमा सन २००८ देखी नेपालमा अधिकारिक बैन्किङ मार्फत नेपाल पैसा पठाउने रेमिट्यान्स सिटी एक्स्प्रेस तथा सिटी ट्राबलका प्रमुख महेश श्रेष्ठले गरेका थिए ।
जे एम टि का तिलक मल्लद्वारा प्रस्तावित बिधानलाई सामान्य संसोधन सहित बिधान पारीत गरेका थिए भने मनोनित पदाधिकारीलाई एनआरएन आइसिसिका प्रवक्ता भुषण घिमिरेले सपथ गराएका थिए।
शिन ओकुबोमा नर बहादुर थापा , तिलक मल्ल र भुषण घिमिरेले शिन ओकुबोको व्यवसायकरणलाई विस्तारित गर्दै यहाँ सम्म ल्याएका हुन ।
करिव ४ हजार जती नेपाली जनघनतव भएको यस क्षेत्रमा ४० भन्दा बढी व्यवसायीहरु छन भने त्यसमा आस्रित करिव ५ सय जती नेपाली कर्मचारीहरु लाभान्वित भएका छन ।
अधिबेशनमा नेपाली राजदुतावासको उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालको प्रमुख आतिथ्यमा बिभिन्न संघसस्था तथा वृहत व्यवसायीहरुको सहभागीता रहेको थियो ।
२ वर्ष कार्यकालको लागि गठन गरिएकको नेपाली व्यवसायी संघ शिन -ओकुबो,जापान NBA-Japan) नामाकरण गरेको छ भने यसले अन्य क्षेत्रमा पनि विस्तारित गर्दै लैजाने संघको लक्ष रहेको छ ।