टोकियो।
अर्घाखाँचीमा जन्मेर जापानलाई आफ्नो कर्मथलो बनाएका अर्घाखाँचीबासीहरूको संस्था अर्घाखाँची समाज जापानले एक कार्यक्रम मार्फ़त ज़िल्लाका बीशिस्ट ब्यक्तिहरूलाई सम्मान गरेको छ ।

यही सेप्टेम्बर १० तारिकमा टोकियोमा भएको कार्यक्रम मार्फ़त सर्वोच्च अदालतका उप-सचिब अशोक क्षेत्रि , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी उप - सचिब लक्ष्मी पौड़ेल, नेपाल सरकारका शाखा अधिकृत रामाराम दाहाल र लोक गायिका सम्झना लामिछानेलाई सम्मन गरेको छ ।
अर्घाखाँचीमा जम्मेर देशको राज्यको बिभिन्न अंगमा रहेर देश र जनाताको पक्षमा काम गरेको भन्दै समाजले सम्मान गरेको हो । संस्थाका अध्यक्ष नेत्र बिस्टले सम्मान पत्रले सम्मान गर्दै देशर जनताको पक्षमा जापानमा सिकेको ज्ञानको सदुपयोग हूने बिस्वास व्यक्त गर्नुभएको थियो ।अध्यक्ष बिस्टले अर्घाखाँचीमा जम्मेर देशको न्यायिक तथा प्रशासनीक क्षेत्रको नेतृत्वमा पुग्नको लागी शुभकामना व्यक्त गर्नु भयो ।
उक्त अवसरमा सम्मानित सबैजनाले आफुहरू निरन्तर देश र जनाताको पक्षमा काम गर्दै आफु जन्मेको ज़िल्लाको शीर उच्च राख्नेमा बिस्स्वोस्तहुन सबैलाई आग्रह गर्नु भएको थियो । संस्थाको महासचिब बाबूराम पौडेलको संचालन ,अध्यक्ष नेत्रबिस्टको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दीपक थापाले स्वागत गर्नु भएको थियो भने उपाध्यक्ष द्वोए अयन टण्डन र कृष्ण के सी ले खादा ओडाएर सम्मान गर्नु भएको थियो ।